बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानसँग चीन नजिकियो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
इरानसँग चीन नजिकियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सांघाई । चीन र अमेरिकाबीच तनाव बढ्दै जाँदा चीन इरानसँग नजिकिएको छ। बेइजिङले छिमेकी देशका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्दै रणनीतिक साझेदारीलाई बलियो बनाउँदै लगेको छ। कम्बोडियाका प्रधानमन्त्री साम्देक टेको हु सेनलाई बेइजिङमा स्वागत गरेको साता नपुग्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानी समकक्षीलाई स्वागत गरेका छन्।

मंगलवारमात्र इरानी राष्ट्रपति इब्राहिम राइसी आफ्नो तीन दिने चीन भ्रमणका क्रममा बेइजिङ पुगेका छन्। इरानी राष्ट्रपतिको यो चीन भ्रमण इरानबाट २० वर्षपछि भएको राष्ट्रपति स्तरीय राजकीय भ्रमण हो। पछिल्लो समय अमेरिका र चीन बीच कुटनीतिक तथा सुरक्षा टकराब बढ्दै गएको छ। अमेरिकी आकासमा पुगेको चिनियाँ बेलुनलाई अमेरिकी सेनाले ‘स्पाइ बेलुन’ भन्दै खसालेपछि दुई देशबीच कुटनीतिक तिक्तता बढ्दै गएको छ।

यसबीच अमेरिकी तथा क्यानडाको एयर स्पेसमा पुगेका थप चार बस्तुुलाई अमेरिकाले खसालेको बताएको छ। त्यसमाथि चीनले आफ्नो दाबी प्रस्तुत गरेको छ। यी सबैलाई चीनले सिभिलियन एयरसिप दाबी गरेको छ।

अर्कोतर्फ चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले आफ्नो प्रविधिकि लाभको दुरुपयोग गरेर आफ्ना विश्वव्यापी रूपमा विशाल रुपमा वायरट्यापिंग र गुप्त चोरी अभियानहरू चलाइरहेकोसमेत आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले सोमवारको पत्रकार सम्मेलनमा यस्ता अपरेसनहरूले संसारभरका देशहरूको सार्वभौमिकता र हित, अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रण गर्ने आधारभूत मापदण्डहरूको उल्लङ्घन गर्ने दाबी गरेका छन्।

‘जसले अमेरिकालाई जासूसी र निगरानीको मामलामा पूर्ण रूपमा नम्बर एक देश बनाउँछ,’ उनले भनेका छन्।

उनले गत वर्षमात्र अमेरिकी सेनाले ६५७ उडानहरू चीन नजिक उडाएको र यस वर्षको जनवरीमा दक्षिण चीन सागरमा मात्र ६४ उडानहरू गरेको दाबी गरेका छन्। ‘यसले चीनको राष्ट्रिय सुरक्षा र क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पार्छ। अमेरिकी बेलुनहरू प्रायः अन्य देशको हवाई क्षेत्रमा अवैध रूपमा प्रवेश गर्ने गरेका छन्,’ उनले भनेका छन्, ‘गत वर्षदेखि अमेरिकी उच्च उचाइका बेलुन चीनको अनुमतिबिना नै १० पटकभन्दा बढी चिनियाँ आकाशमा उडेका छन्। अमेरिकाले अरूमाथि आक्रमण गर्नु र मुठभेड भड्काउनुको साटो आफ्नै व्यवहारमा सोच्न र मार्ग परिवर्तन गर्न आवश्यक छ।’

अमेरिकासँगको कुटनीतिक टकराव बढ्दै जाँदा चीनले आफ्ना रणनीतिक साझेदारहरुसँग सम्बन्धलाई मजबुद बनाउँदै लगेको विश्लेषकहरु बताउँछन्।

बेइजिङ भ्रमणमा रहेका इरानी राष्ट्रपति राइसी र चिनियाँ राष्ट्रपति सीबीच मंगलवार नै भेटवार्ता भएको छ। तीन दिने चीन भ्रमणका क्रममा मंगलवार बेइजिङ आइपुगेका इरानी राष्ट्रपति राइसी र चिनियाँ समकक्षीबीच द्विपक्षीय भेटवार्ता भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

राजकीय भ्रमणका लागि बेइजिङ पुगेका उनको स्वागतमा चिनियाँ जनमुक्ति सेनाले २१ तोपको सलामी दिएको छ। बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पुगेका उनलाई चीनका संस्कृति तथा पर्यटन मन्त्री हु हपिङले स्वागत गरेका थिए। बेइजिङ स्थित ग्रेट हल अफ पिपल्समा भएको द्विपक्षी वार्तापछि दुई देशका अधिकारीहरुले विभिन्न क्षेत्रमा साझेदारीसम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर गरेका छन्।

दुई देशका अधिकारीहरुले विपत् व्यवस्थापन, पर्यटन, सञ्चार तथा सूचना प्रविधि, वातावरण, अन्तर्राष्ट्रिय व्यापार, वौद्धिक सम्पति, कृषि, आयात, स्वास्थ्य, सञ्चार, खेलकुद र सांस्कृतिक सम्पदासम्बन्धी साझेदारीका दस्तावेजमा हस्ताक्षर भएको इरानी समाचार एजेन्सीले जनाएको छ।

भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई ऐतिहासिक सम्बन्ध भन्दै इरानी राष्ट्रपति राइसीले चीन र इरान कठिन समयका मित्र भएको बताए। उनले दुई देशबीच वृहत रणनैतिक साझेदारीलाई बलियो बनाउँदै लैजानुपर्ने बताए।

छलफलका क्रममा क्षेत्रीय तथा अन्तरक्षेत्रीय संयन्त्रहरुको क्षमतालाई प्रयोग गर्दै साझेदारीलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको इरानी समाचार एजेन्सीले जनाएको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सीले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा जस्तो बद्लाव आए पनि चीनले इरानसँगै मित्रता र साझेदारीलाई निरन्तरता दिने बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई वृहत् रणनीतिक साझेदारीमा बढाउने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

‘विश्व, समय र इतिहासको परिवर्तनको वर्तमान जटिल परिस्थितिको सामना गर्दै चीन र इरानले एकअर्कालाई समर्थन गरेका छन्, एकताबद्ध र सहयोग गरेका छन्,’ राष्ट्रपति सीले भनेका छन्, ‘कोभिड(१९ महामारीविरुद्ध लड्न हात मिलाएका छन्, रणनीतिक पारस्परिक विश्वासलाई निरन्तर सुदृढ गरेका छन्, निरन्तर व्यावहारिक सहयोगलाई अगाडि बढाएका छन्, साझा हितलाई बढावा दिएका छन्, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गरेका छन् र चीन–इरान मित्रताको नयाँ अध्याय लेखेका छन्।’

चिनियाँ राष्ट्रपति सीले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र राष्ट्रिय गरिमाको रक्षाका लागि चीनले इरानलाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘एकपक्षीयता र दादागिरीको प्रतिरोध गर्न इरानलाई समर्थन गर्ने, इरानको आन्तरिक मामिलामा बाह्य शक्तिको हस्तक्षेपको चीनले विरोध गर्नेछ,’ इरानी समकक्षीलाई चिनियाँ राष्ट्रपतिले सीले आश्वास्त पारेका छन्।

उनले इरानको सुरक्षा र स्थिरतालाई कमजोर पार्ने खेलको विरुद्धमा उभिने प्रतिवबद्धतासमेत जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। उनले चीन इरानसँग दुई देशबीचको विस्तृत सहयोग योजना कार्यान्वयन गर्न, व्यापार, कृषि, उद्योग र पूर्वाधारमा व्यावहारिक सहयोगलाई गहन बनाउन र अधिक उच्च गुणस्तरको इरानी कृषि उत्पादनहरू आयात गर्न इच्छुक रहेकोसमेत बताए। साथै चीन बेल्ट एण्ड रोड इनिसिएटिभमा इरानसँग सहकार्य जारी राख्न, कनेक्टिभिटी लाई बढावा दिन र जनता–जनताबीचको आदानप्रदान विस्तार गर्न इच्छुक रहेकोसमेत जनाएका छन्।

राष्ट्रपति सीले मध्यपूर्वमा स्थिरता कायम गर्नु यस क्षेत्रका देश र जनताको हितसँग सम्बन्धित रहेको र विश्व शान्ति कायम गर्न, विश्वव्यापी आर्थिक विकासलाई बढावा दिन र स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण रहेको बताए। चीन संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा इरानसँग सञ्चार र समन्वय लाई सुदृढ गर्न, साँचो बहुपक्षवादको अभ्यास गर्न र विकासशील देशहरूको साझा हितको रक्षा गर्न इच्छुक रहेकोसमेत बताए।

इरान सांघाई कोअपरेसनमा गत वर्ष मात्र पूर्ण सदस्यको मान्यता पाएको थियो।

यसैबीच इरानी राष्ट्रपति राइसीले चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ, ग्लोबल डेभलपमेन्ट इनिसियटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई इरानले दृढताका साथ समर्थन गर्दै सक्रिय सहभागिता जनाउनले प्रतिबद्धता जनाएका छन्। ‘इरान र चीन दुवैले एकपक्षीयवाद, आधिपत्य र दादागिरीको दृढतापूर्वक विरोध गर्छन् र आफ्नो आन्तरिक मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छन्,’ उनले भनेका छन्, ‘इरानले राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनलाई दृढतापूर्वक समर्थन गरेको छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीनसँग सञ्चार लाई मजबुत बनाउन, साङ्घाई सहयोग संगठन जस्ता बहुपक्षीय अवसरहरूमा राम्रो सहयोग कायम गर्न र संयुक्त रूपमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न र क्षेत्रीय र विश्व शान्ति र सुरक्षाको रक्षा गर्न इरान इच्छुक छ।’

भेटवार्ताका क्रममा सन् २०१६ मा चिनियाँ राष्ट्रपति सीको तेहरान भ्रमणमा भएको सहमति कार्यान्वयनको विषयमा छलफल भएको थियो। त्यस्तै गत वर्ष समरकाण्डमा सांघाई कोअपरेसन अर्गनाइजेसन समिट साइडलाईनमा दुई देशका प्रमुखबीच भएको छलफल र सहमतिको विषयमा थप छलफल भएको थियो।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

२०१६ को जनवरी २३ मा राष्ट्रपति सीको तेहरान भ्रमणका क्रममा त्यहाँका इस्लामिक रिभोलुसनरीका सर्वोच्च नेता आयातुल्लाह सैयद अली खामेनीबीच भेटवार्ता भएको थियो। त्यतिबेला नेता खामेनीले सीले प्रस्ताव गरेको सिल्क रोड साझेदारीको समर्थन गरेका थिए।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक