काठमाडौं । राम हिटि बज्र युवा क्लबको आयोजना तथा होप फाउन्डेसनको सहयोगमा माघ २९ गते आइतबार एन्टी ड्रग्स सचेतनामुलक सचेतनामूलक कार्यक्रम कामपा ६ वडा रामहिटि साहित्य सदन भवनमा सम्पन्न भएको छ ।
बाग्मती प्रदेश सांसद माननीय छिरिङ दोर्जे लामाज्युको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बौद्ध चिल्डेन हेवनका छात्रछात्रा, ड्रग्स फसेका युवाहरु लक्षित गरी होप फाउण्डेशनका निर्देशक राजीव थापाले लागू औषध ड्रग्स खाइसकेपछि मान्छे कस्ताे कस्ताे खालकाे समस्या भाेग्नु पर्ने हुन्छ साे बारेमा उजागर गरेका थिए ।
कपनका प्रहरी प्रमुख कृष्ण बश्यालले ‘धेरै जसो अपराधिक क्रियाकलापहरु लागुओषधसँग सम्बन्धित तथा साथीहरुको सङ्गतका कारणले सजाय भोग्न बाध्य भएको बारेमा जानकारी दिदै लागूऔषध सेवन त्यागेर घर परिवार सबै जनाले निराकरण गर्नु पर्नेमा जाेड दिएका थिए ।
स्वेता रक्तदान अभियान्ता एवम् समाजसेवी स्वेता श्रेष्ठले लागू औषध प्रयाेगकर्ताहरू बढ्याे भने राज्यलाइ नराम्राे प्रभाव पर्नुका साथै रक्तदाताहरूमा पनि कमि आउने जनाउँदै ड्रग्स खाने कमी भएमा रक्तदाताहरू पनि बढ्ने भएकाले लागू औषध ड्रग्स सेवनबाट टाढै रहनु पर्ने धारणा राखिन् ।
मन्तव्य राख्ने क्रममा सन्जुबाबाले ड्रग्स सेवन देश समाजका लागि एकदम नराम्रो हुने जनाए । साथै बाग्मति प्रदेश सांसद माननीय छिरिङ दोर्जे लामाले राज्यको अर्थतन्त्रमा नराम्रो परेको जनाए ।
कार्यक्रममा बौद्ध चिल्ड्रेन हेवन बिध्यालयका संयोजक सागर राना लगायत बिध्यार्थीहरु, होपफाउन्डेस परिवारको निर्देशक, श्री नव जागृती मा.वि. का प्र.अ. डम्बर बहादुर राई , नेपाल महिला एकता समाजका अध्यक्ष बिमला तामाङ, नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न ३ कामपा ६ बौद्धका सभापति बिबेक लामा, आइसा आरति समाजको अध्यक्ष राम श्रेष्ठ, सुबिगाउँ युवा क्लव एवम् सुबिगाउँ स्वच्छ टोल सुधार समितिका प्रतिनिधि सुनुवार, प्रहरी प्रमुख कपन प्रहरी कार्यालयको प्रहरी निरीक्षक कृष्ण बश्याललगायत महानुभावहरु अतिथिका रुपमा पाल्नु भएको थियो ।