मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पारे।
मन्त्री किराँतीले भने, ‘संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हन्छ, उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ।’ उनले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्ति राष्ट्रपति हुनुपर्नेमा जोड दिए।
यस्तै, उनले नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टाभन्दा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्ने र संस्थान नाफामा जानुपर्ने भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने बताए।