शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूजासामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूजासामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र  खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”

कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजासामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो ।

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजासामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधन पूजा गर्न आउनेको बढी भीड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भीड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू. दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास  हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भीड लाग्छ, औसतमा मासिक रू. ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”

यहाँ बिक्रीका लागि राखिने पूजासामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।

महतरा जस्तै पूजासामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककी रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकी छोरी र बहिनीको खर्च पूरा गर्नुभएको छ । उहाँले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाउनुभयो । “पूजासामग्री बिक्रीबाट मासिक करिब रू. ७० हजार आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।” उहाँ विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजासामग्री तयार गर्नुहुन्छ ।

मन्दिरमा भेटिनुभएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजासामग्री पसल चलाउनुभएको छ । विगत २५ वर्षदेखि पूजासामग्री बेच्दै आउनुभएकी उहाँ हाल बबरमहलमा बस्नुहुन्छ । “श्रीमान् ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार राम्रो कमाइ हुने दिन रू. तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू. सात/आठ सयमै चित्त बुझाउनुपर्छ ।

पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजासामग्री बेच्दै आउनुभएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट हुनुहुन्छ । उहाँलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै हुनुहुन्छ ।

मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजासामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिनाअघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उहाँहरु मन्दिरछेउमा बस्न सुरु गर्नुभएको छ । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उहाँहरुको गुनासो छ । रासस

यो पनि पढ्नुहोस्

आज देवी सरस्वतीको पूजा आराधना देशभर गरिँदै

आज श्रीपञ्चमी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै

१३ मिनेट अगाडि
जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

१६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक