काठमाडौं । भानु माध्यमिक विद्यालय दरबार हाइस्कुलमा सार्वजनिक विद्यालय सुधारको माग राख्दै सोमबारदेखि आमरण अनसन बसेका प्रकाश न्यौपानेलाई काठमाडौं महानगर प्रहरीले हटाएका छन् ।
विद्यालयकी प्रधानाध्यपक शारदा कुमारी पौडेलले अनसनरत व्यक्तिले गोरखा घर भएको र प्रकाश न्यौपाने भनेर आफ्नो परिचय दिएको जानकारी दिइन् । उनी गोरखाको लुईंटेल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा दुई वर्ष काम गरेको समेत बताएको प्रधानाध्यापक पौडेलले जनाइन् ।
उनले भनिन्, ‘विद्यालयको सुधारको लागि भनेर विद्यालयमा अनसन बस्दा विद्यार्थीलाई असर गर्छ यहाँ नबसिदिनुहोस् भनेको मान्नुभएन । मैले सम्बन्धित निकाय सबैमा खबर गरेकी थिएँ । आज नगर प्रहरी आएर लानुभयो ।’ नगर प्रहरीले उनलाई उठाएर लगे पनि कहाँ लगे भन्ने जानकारी नभएको बताइन् ।