काठमाडौँ – ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदूरहरुको प्रदर्शन अराजक बन्दै गएको छ। सोमबार दिउँसोदेखि विरोध सुरु गरेका उनीहरुको प्रदर्शन बेलुकासम्म पनि जारी छ। प्रदर्शन थप उग्र बन्दै गएको छ। प्रदर्शनमा सहभागी भएकाहरुले काठमाडौँको गोंगबु, बालाजु माछापोखरी क्षेत्रमा पसलहरुसमेत तोडफोड गरेका छन्। मोबाइल पसलमा तोडफोड गरी लुटपाटसमेत गरिएको व्यापारीहरुले बताएका छन्। प्रदर्शनका कारण प्रहरी र यातायात मजदूरबीच झडप हुँदा सर्वसाधारणहरुमा त्रास बढेको छ। पैदलयात्रीले प्रहरी तथा प्रदर्शनकारीको निशाना बन्न सक्ने डरले हात उठाएर बाटो काटेको देख्न सकिन्थ्यो। दिउँसो प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यानमा आगो लगाएका थिए।