शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सोलुखोलाको ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सोलुखोलाको ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सोलुखुम्बु – सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो। सोलु दुधकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार ६ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसीमा खसाएर ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो। नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ। साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो। आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ। परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए। विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो। सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो। त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो। आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ्रे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो। कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न भएको हो। नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ। केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकको भनाइ छ। यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सोलुखोलामा अझै एक सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणको क्रममा छन्। रासस

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक