बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारतको रवाफिलो जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारतको रवाफिलो जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भारत र अस्ट्रेलियाबीच जारी ४ खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले प्रभावशाली जित निकालेको छ। नागपुर टेस्टमा घरेलु टोली भारतले अस्ट्रेलियालाई इनिङ र १३२ रनले पराजित गर्दै सिरिजमा रवाफिलो जित हासिल गरेको हो। जितसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ। नागपुरस्थित जामथा क्रिकेट स्टेडियममा तेस्रो दिन नै जित निकाल्ने क्रममा भारतका लागि रवीचन्द्रन आश्विनले ५ तथा मोहम्मद सामी र रवीन्द्र जडेजाले समान २–२ विकेट लिएका थिए। तेस्रो दिन दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलिया भारतीय बलर सामु निरीह रह्यो। उसले ९१ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो। उसका लागि स्टिभ स्मिथको अविजित २५ रन सर्वाधिक रह्यो। उनीबाहेक अन्यक कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। दोस्रो इनिङमा डेभिड वार्नर र एलेक्स क्यारीले समान १०–१० रन बनाउँदा मार्नुस लुवुसेनले १७ रन बनाउनु दोहोरो स्कोरका रुपमा रह्यो। त्यसअघि आफ्नो पहिलो इनिङमा अस्ट्रेलियाले १७७ रन मात्र बनाएको थियो। जवाफमा भारतले पहिलो इनिङमा ४ सय रनको विशाल स्कोर तयार गरेको थियो। भारतका लागि रोहित शर्माले १२० रनको कप्तानी इनिङ खेल्दा अक्षर पटेलले ८४ रन तथा रवीन्द्र जडेजाले ७० रन बनाएका थिए। जडेजाले पहिलो इनिङमा अस्ट्रेलियाको ५ विकेट समेत हात पारेका थिए। थप दोहोरो स्कोरका रुपमा मोहम्मद सामीले ३७ रन बनाउँदा रवीचन्द्रन आश्विनले २३ तथा केएल राहुलले २० रन बनाएका थिए। विराट कोहली भने १२ रनमा आउट भए। अस्ट्रेलियाका लागि पहिलो टेस्ट खेलिरहेका टोडी मुर्फीले ७ विकेट लिए पनि फराकिलो हारबाट बच्न भने अस्ट्रेलिया असफल रह्यो। प्याट कुमिन्सले २ विकेट लिँदा नाथन लियोनले १ विकेट लिएका थिए।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

२७ मिनेट अगाडि
नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !

वर्तमान नेपालका पार्टीएकता र फुटका सम्बन्धमा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक