काठमाडौं ।सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्षनेताहरूको बैठकमा समसायिक राजनीतिक विषय, सरकारको काम कारबाही, राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार शीर्षनेताहरूका बीचमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सहभागिता थियो। लिङदेन बैठककोबीच तिर बाहिरीएका थिए। उनि अहिले गृहजिल्ला झापा पुगेका छन्।
सरकारमा सम्मिलित डा सिके राउत नेतृत्वको जनमत पार्टी भने बैठकमा उपस्थित भएन। यस्तै नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।