काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सनुकाे मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ १३ सय २० रुपैयाँ कायम रहेको थियो।