बुध, भदौ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । जिल्लामा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा ल्याएको छ।  साबिक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो। नयाँ ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। टाटा कम्पनीका  यी नयाँ बसहरू भारतबाट ल्याइएका हुन्।

यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै बुधबारबाट दाङदेखि काठमाडौं रात्रि सेवामा ‘स्लिपर एसी’ बस सञ्चालन गर्ने उनले जानकारी दिए। दाङदेखि काठमाडौंसम्म लामो यात्रामा जाने यात्रुहरूको सहजताका लागि रात्रि सेवाका यात्रुले आरामदायीपूर्वक सुत्न मिल्ने सिट रहेका ४ वटा एयर सस्पेन्स स्लिपर बस सञ्चालन गर्न लागेको अध्यक्ष हमालले जानकारी दिए।

यो बसमा ४० सिट छन्। तीमध्ये ८ जना सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरू बसेर यात्रा गर्न मिल्ने रहेको उनको भनाइ छ। दाङदेखि काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि एउटा यात्रुले १ हजार ८ सय र सुतेर यात्रा गर्न चाहने यात्रुले २ हजार रुपैयाँ भाडादर तय गरिएको पनि उनले बताए।

प्रालिले यात्रुको सुविधालाई मध्यनजर गर्दै क्रमिक रुपमा डिलक्स, एसी, ब्यू स्काइ, सेभेन स्टारपछि पछिल्लो समय सुतेर यात्रा गर्ने सुविधा युक्त बसहरू ल्याएको हो।

यस्तै उनले सेवा सुधार गर्दै लगेको र भविष्यमा पनि यात्रुका गुनासो सम्बोधन गर्दै थप सुधार्दै जाने पनि बताए। उनले  छिट्टै अनलाइन टिकट बुकिङ खुला गरिने पनि बताए  उनले गाडी चालक, सहचालक र बसपार्कका टिकट काउन्टरहरूमा काम गर्ने कर्मचारीहरूको व्यवहार परिवर्तन गर्ने सवालमा आफूहरू कटिबद्ध भएर लाग्न पनि बताए।

यस्तै  प्रत्येक महिना चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गर्ने योजना रहेको पनि जानकारी दिए।

२०४१ सालमा स्थापना भएको साबिक राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति राज्यको पछिल्लो नीति अनुरूप प्रालिमा गएको हो। यो प्रालिसँग  करिब ६ बसहरू सञ्चालनमा रहेको र २ हजार बढीले रोजगारी पाइरहेको प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिए।

उनका अनुसार मुलुकका बिभिन्न ५० जिल्ला र भारतको दिल्ली, सिम्ला लगायतका क्षेत्रमा प्रालिले बस सञ्चालन गरेर सेवा दिँदै आएको छ।  यो प्रालि भौतिक पूर्वाधार र जग्गाको दृष्टिकोणले  नेपालकै सबै भन्दा धनी छ।

प्रालिले यातायात  दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा बाबाका मन्दिरहरू र प्रतीक्षालय निर्माण गरेको जनाएको छ।  प्रालिले  दृष्टिविहीन यात्रुहरूलाई निःशुल्क र अपांग यात्रुहरूलाई ५० प्रतिशत सम्म छुट दिँदै आएको समेत जनाएको छ।  प्रालिले फागुन १२ र १३ गते दोश्रो अधिवेशन तथा चौथो साधारण सभा कार्यक्रम गर्दै छ।  उक्त दिन एक जना व्यवसायीलाई गोला प्रथाबाट एउटा बस उपहार दिने पनि जनाएको छ।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

९ घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक