काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको अवैध प्रहरी बिट भत्काएको छ । आज (मंगलबार) महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो ।
महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरु सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ मिचेर अवैध रुपमा बनाइएको एक सानो भवनबाट प्रहरी बिट सञ्चालनमा भएको थियो ।
सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।


