काठमाडाैं । नेपाली कथानक ‘प्रेमा’ को पोस्टर सार्वजनिक भएको छ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको यस चलचित्रको तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
यस कथानक आगामी चैत १७ गतेदेखि प्रदर्शन हुने भएकाे छ । सार्वजनिक एक पोस्टरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अरुण र सुवेक्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ।
तेस्रो पोस्टरमा सुवेक्षा, अरुण र सृष्टिलाई देख्न सकिन्छ। बाघठाटा फिल्म फ्याक्ट्री ब्यानरबाट निर्माण भएको फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ।