बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थप श्रमिक लैजानेबारे नेपाल–मलेसियाबीच आज छलफल हुँदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
थप श्रमिक लैजानेबारे नेपाल–मलेसियाबीच आज छलफल हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुगेको छ ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत देश भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।

राजदूत पौडेलले भने, “कोरोना महामारीमा बन्द भएको मलेसियाका धेरै उद्योग, व्यवसाय खुलेका छन्, मलेसियालाई एकै पटक पाँच लाख श्रमिक चाहिएको छ, त्यस कारण अहिलेको माग र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने विषयलाई मलेसियाको टोलीले भ्रमणको प्राथमिकतामा राखेको छ ।”

राजदूत पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि मन्दी छाएको मलेसियाको अर्थतन्त्रले अहिले गति लिइरहेको छ । महामारीका कारण बन्द भएका कम्पनी खुल्ने र नयाँ कम्पनीसमेत धमाधम खुलिरहेकाले मलेसियाले हाल ठूलो सङ्ख्यामा श्रमिकको अभाव खेपिरहेको राजदूत पौडेलको भनाइ छ ।

श्रम बजारमा बढ्दो श्रमिक अभावलाई पूरा गर्न मलेसियाले विभिन्न नीति तथा कार्यक्रम ल्याइरहेको जानकारी दिँदै राजदूत पौडेलले मलेसियामा जतिसक्दो चाँडो आफ्नो श्रम बजारमा श्रमिकको अभाव पूरा गर्ने योजनामा मलेसियाको टोलीको भ्रमण केन्द्रित हुने जानकारी दिए । यही कार्यक्रमअन्तर्गत नै गृहमन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल आएको हो । राजदूत पौडेलले मलेसियाको गृहमन्त्रीस्तरीय नेपाल भ्रमण १४ वर्षपछि हुन लागेको पनि उनले जानकारी दिए ।

मलेसियाले ल्याएको कार्यक्रममा विभिन्न कारणले कागजातविहीन भएर काम गरिरहेका श्रमिकलाई आममाफीमार्फत पुनः कानुनी रूपमा काम गर्ने अवसर प्रदान गर्ने एउटा कार्यक्रम रहेको छ । मलेसियाको उच्चस्तरीय भ्रमणबाट मलेसियामा वर्षौदेखि कागजातविहीन भएर काम गरिरहेका नेपालीलाई आममाफी दिएर घर फर्काउने वा काम गर्न चाहनेलाई विधिवत् गराएर कामको व्यवस्था हुने रादजूत पौडेलले बताए । गोरखापत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक