शनि, भदौ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

ए नेताहरु ! बिर्सियौं कि सहिदको बलिदानीलाई ?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ए नेताहरु ! बिर्सियौं कि सहिदको बलिदानीलाई ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

हरेक वर्षझैं यस वर्ष पनि माघ १६ मा सहिदहरुको बलिदानीलाई सम्झिँदै श्रद्धाञ्जलि अर्पण र विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । नेपालमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा यो दिवस मनाइँदै आएको हो । विसं। १९९७ सालमा तत्कालीन राणा शासनको विरोध गरेको आरोपमा केही युवालाई फासीको सजाय दिइएको थियो । त्यतिबेलाका चार जना सहिदसँगै अन्य कालखण्डमा भएका आन्दोलनका क्रममा देशमा धेरैले बलिदानीको रुपमा आफ्नो रगत चढाए । तर, पछिल्लो समय उनीहरुको योगदानअनुसार देशमा सुशासन र समृद्धि सम्भव नहुँदा यो दिवस मनाउनु फगत कर्मकाण्डी बनेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको थियो । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अवमूल्यन भएको थियो । सहिद घोषणाका लागि राजनीतिक दलका बीचमा प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ ।
अर्कोतर्फ राजनीतिक दलका नेताहरुले जुन आशा र सपना देखाएर जनतालाई आन्दोलनमा होमिन प्रोत्साहित गरे, तीमध्ये केहीले हासीहासी आफ्नो जीवनको बलिदानी नै दिए । उनीहरुको आन्दोलन र सहादतका कारण मुलुकमा हरेक पटक व्यवस्था बदलिएको मात्र छैन, त्यसैको जगमा टेकेर धेरैले राज्यको महत्वपूर्ण पदमा पुग्ने सौभाग्य पनि पाए । जनताका सन्ततिलाई नै सर्वेसर्वा बनाउने त्यस्ता आन्दोलनबाट लाभ भने सीमित वर्गले उठाएको देशको हालको अवस्थाले स्पष्ट हुन्छ ।
साढे दुई दशकयताकै माओवादी सशस्त्र जनयुद्धको क्रममा पनि थुप्रैले ज्यान गुमाए । त्यही युद्धको जगमा माओवादी पार्टी सत्तामा स्थापित भयो । यही पार्टीबाट थुप्रै प्रधानमन्त्री मन्त्री बने । तर, उनले जुन उद्देश्य लिएर युद्ध थालेका थिए, राजनीतिको केन्द्रमा आएपछि भने पूरा गर्न असफल भए । बरु त्यही पार्टीका नेताहरु अहिले नवसामन्त जसरी उदाहरहेका छन् । तिनै नेताहरु अहिले भ्रष्टाचार, अनियमितता जस्ता आरोपका कारण विवादित बनेका छन् । नेपालका सबैजसो दल यस्तै आन्दोलनबाट स्थापित भएका हुनाले ती आन्दोलनमा सहिद भएकाहरु बलिदानीलाई कुनै पनि दल तथा नेताहरुले पूरा गर्न सकेका छैनन् भन्न सकिन्छ । देशलाई समृद्ध बनाउनेतर्फ नेताहरु असफल त भए नै, सहिदका परिवारलाई पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् । अहिले पनि सहिद परिवार आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन् । उनीहरुको परिवारलाई राहत र कोही सदस्यलाई रोजगारीको व्यवस्था गर्न सरकार सफल हुन सकेको छैन । यसले पनि नेताहरुले सहिदको बलिदानीलाई बिर्सिएको भान हुन्छ । आगे नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

६ घण्टा अगाडि
श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने

बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

डाँडामा ट्रयाक खोल्ने काम आज बिहानदेखि सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

भोटेकोशी बाढी : अशक्तलाई विशेष प्राथमिकता आवश्यक

तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ : सिक्किम प्रदेशका मुख्यमन्त्री

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक