काठमाडौँ – झापा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटेको प्रहरी टोलीले करिब दुई लाख बरावरको अवैध सामग्री नियन्त्रणमा लिएको छ । सोमबार खटेको प्रहरी टोलीले भारतबाट लुकाई छिपाई ल्याउँदैगरेको अवस्थामा सो सामान नियन्त्रणमा लिएको सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकले बताए ।
उनका अनुसार जल्ला प्रहरी कार्यालय झापा र ईलाक प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका ७ टोकला गेटस्थित यात्रुबाहक बसमा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदैगरेको अनदाजी दुई लाख मुल्य बराबरको किराना सामान नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामानको आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको छ ।