शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लगानीमैत्री वातावरण बनाउनुपर्ने व्यवसायीको माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
लगानीमैत्री वातावरण बनाउनुपर्ने व्यवसायीको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । व्यवसायीहरुले बैंकको उच्च ब्याजदर समाधान गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन्। बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने व्यवसायीको माग छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनमा व्यवसायीहरुले बैंकको चर्को ब्याजका कारण आफूहरु मर्कामा परेको बताए। बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरु सडकमा आउनुपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने व्यवसायीले माग गरे।

पछिल्लो समय साना तथा मझौला उद्योगीहरुलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरुले देखाएको आंतकले व्यवसायीहरु पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको पनि व्यवसायीहरुले बताए।

सडक आन्दोलनमा सहभागी हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरुलाई सहजता बनाउनुपर्ने बताए। उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको श्रेष्ठको भनाइ छ।असहज अवस्था भएकाले व्यवसायीहरुले लिएको कर्जाको किस्ता तिर्न समय माग गरिएको श्रेष्ठले उल्लेख गरे। उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका गभर्नरले कर्जा दिन्न भन्नु अराजकता भएको भन्ने टिप्पणी गलत भएको बताए। उनले बैंकबाट व्यवसायीहरुले आधार देखाएर नै कर्जा लिएको जनाए ।

बैंकहरुबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने उनको भनाइ छ। उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित बन्ने कानुन बन्न आवश्यक रहेको पनि श्रेष्ठले उल्लेख गरे। ‘अहिलेको अवस्था असहज छ। त्यसको लागि कर्जाको किस्ता तिर्न समय माग गरेको हो। व्यवसायीहरुले जायज कुरा भनेका छौं। बैंकहरुले समय दिनुहुन्छ भन्ने आशामा छौं,’ श्रेष्ठले भने, ‘१८ लाख ऋणिले सबै कागज बुझाएर कर्जा लिएको हो। बैंकको ट्रेजर खोलेर कर्जा लिएको होइन। अहिलको असहज अवस्थामा बैंकहरु पनि जिम्मेवार हुनुपर्छ भन्ने हो।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरुबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए। बैंकहरुले सबै क्षेत्रका व्यवसायीहरुको सम्पति लिलाममीमा दैनिकजसो पत्रपत्रिकाहरुमा प्रकाशित हुन थालेको जनाए।

यो पनि पढ्नुहोस्

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध

३ मिनेट अगाडि
मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक