बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली बजारमा महिन्द्राको लाइफस्टायल एक्सयूभी ७०० सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नेपाली बजारमा महिन्द्राको लाइफस्टायल एक्सयूभी ७०० सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सोमबारदेखि नेपाली बजारमा महिन्द्राको लाइफस्टायल एक्सयूभी ७०० सार्वजनिक हुँदैछ। महिन्द्राले आयात प्रतिबन्ध हटेसँगै पहिलो भेहिकलको रुपमा एक्सयूभी ७०० सार्वजनिक गर्न लागेको हो।

महिन्द्राको नेपालको लागि आधिकारिक विक्रेता अग्नि इनकर्पोरेटले सार्वजनिक गर्ने एक्सयूभी ७०० को सुरुआती मूल्य ७४ लाख हुने भएको छ। ५ र ७ सिटर अप्सनसहित ६ भेरियन्टमा आउने एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको कम्पनी स्रोतले जनाएको छ।

एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स ५ को ८१ लाख र अर्को एएक्स ५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटिक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो।

महिन्द्राले अहिलेसम्म बजारमा ल्याएकोमध्ये सबैभन्दा धेरै हाइटेक फिचर पाउन सकिने एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ। बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नवीनतम र प्रयोग गर्न सजिलो रहेको महिन्द्राले जनाएको छ।

एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै युनिक सुरक्षा फिचरहरू उपलब्ध रहेको छ। यही सिस्टमका कारण चालकलाई सधैँ सजग गराउन मद्दत पुग्ने छ। यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ।
उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन। बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ। उक्त सिस्टमले चालकको बानी व्यहोरालाई राम्रोसँग विश्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ।

यात्रालाई आरामदायी र मनोरञ्जनात्मक बनाउन मोबाइल कनेक्ट, सिमकार्डबिनाको नेभिगेशन, रिमोर्ट स्टार्टरस्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोबाइल एप र स्मार्टवाचबाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेश भएका छन्। महिन्द्राले एक्सयूभी ९७०० नेपाली बजारमा ५ र ७ सिट क्षमतामा ल्याएको छ। कम्पनीले यसमा २।० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ। पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ। यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ।

सुरक्षाको हिसाबले पनि एक्सयूभी ७०० उत्कृष्ट रहेको छ। क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोबल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ। ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७।६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो।

एक्सयूभी ७०० को सुरुआती भेरियन्टमा ७ इन्चको इन्ट्रमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक