बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आयल निगमले पेट्रोलियम पदार्थ पाइप लाइनबाटै ल्याउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल आयल निगमले एक वर्षभित्रै पेट्रोल/मट्टीतेल लगायतका पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाटै ल्याउने गरी पूर्वाधार निर्माणको काम सुरु गरेको छ। निगमले २०७६ भदौदेखि नै भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाटै डिजेल भित्र्याउँदै आइरहेको छ। पेट्रोल र मट्टीतेल राख्ने आवश्यक पूर्वाधार नहुँदा अहिले ट्यांक तथा ट्रकबाटै पेट्रोल आयात गर्दै आइरहेको छ।

नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख प्रदीपकुमार यादवले निगमले एक वर्षभित्रै अर्थात् सन् २०२४ को जनवरीभित्रै डिजेलजस्तै पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै नेपाल ल्याउने बताए। हामीसँग पर्याप्त मात्रामा भण्डारण गर्ने क्षमताको अभाव भएका कारणले अहिले पाइप लाइनबाट पेट्रोल ल्याउन सकिरहेका छैनौं,’ उनले भने ‘अहिले ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीको आवश्यक पूर्वाधारको फाउण्डेसन लगायतको काम सुरु गरिसकेको छ।’

गत डिसेम्बर १५ मा एक कार्यक्रमबीच सो कार्यको निर्माण शुभारम्भ गरिएको थियो। निगमले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना दोस्रो चरण अन्तर्गतको पूर्वाधार निर्माणका लागि भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरिसकेको छ। सो ठेक्का सम्झौता अनुसार सो कम्पनीले सन् २०२३ को डिसेम्बरमा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।

कार्यालय प्रमुख यादवले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण अन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्यंक निर्माण गरिने बताए। ‘२५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्यांक निर्माण गरिनेछ,’ उनले भने ‘२४ वटा पूर्ण रूपमा स्वाचालित पेट्रोल भर्ने स्टेशन निर्माण गरिनेछ,’ उनले भने।

भारतीय कम्पनी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिका सिइओ अभिषेक भारतीले पनि तोकिएको समयसीमा भित्रै दोस्रो चरणका पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘हामीले तोकिएको समयसीमाभित्रै काम गर्ने योजनासहित अहिले साइटमा खटिइसकेका छौं।’ उनले भने, ‘दैनिक दुई सिफ्टमा काम गरेर सम्पन्न गराउने लक्ष्य राखेका छौं।’

निर्माण कम्पनीका अनुसार परियोजनाको लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधार निर्माणको काम भइरहेको छ। आयोजनाको साइट क्लियरिङको काम भइसकेको छ। दोस्रो चरणको पूर्वाधार निर्माण गर्न स्थानको छेकबार लगाउने काम सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले अहिले ट्यांक राख्ने फाउण्डेसनको काम गर्दै आइरहेको छ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति, ओइल वाटर स्प्रेटर, पिएमसीसी रुम लगायतका पूर्वाधार निर्माण गरिनेछन्। नेपाल आयल निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माण गर्नेछ। नेपाल आयल निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक खर्ब ५४ करोड भारु खर्चिएर ४१ सय किलोलिटर क्षमताको पेट्रोलको टैंक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्ण रूपमा स्वचालित पेट्रोल भर्ने स्टेशन निर्माण गर्नेछ।

त्यस्तै गरी इन्डियन आयल कर्पाेरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर ४१ सय किलोलिटर क्षमताको ट्यांक, २५० किलोलिटर क्षमताको दुई वटा ट्रान्समिक्स ट्यांक तीन हजार किलोलिटर क्षमताको दुई वटा फायरवाटर ट्यांक निर्माण गर्नेछ। नेपाल सरकार र भारत सरकारले दुई चरणमा पाइपलाइन विस्तारको काम अघि बढाउने निर्णय गरेका थिए।

सन् २०१५ मा पाइपलाइन विस्तारको लागि पहिलो र दोस्रो चरणमा गरेर कुल २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो। सो योजना अनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना थियो। पहिलो चरणको योजनामा भारतको तर्फबाट २ अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन।

दोस्रो चरणको पाइपलाइन विस्तारको कार्य सात वर्ष ढिलो गरी भर्खरै मात्रै सुरु भएको छ। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक