शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सभामुखको गल्ती नदोहोराउने वाचा ! भूमिका कस्तो होला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-निमकान्त पाण्डे
एक साताअघि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि एमाले नेता देवराज घिमिरेले एउटा घोषणा गरे, ‘प्रतिनिधिसभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । निष्पक्षता र तटस्थता तपाईंहरुले मेरो व्यवहारबाट देख्नु हुनेछ । विगतका गल्ती कमजोरीबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’ दलबाट निर्वाचित हुने भए पनि सभामुख भइसकेपछि कुनै पनि दलविशेषको नभई समग्र सांसदको अभिभावकको भूमिका हुन्छ । तर, नेपालमा भने सभामुखमा निर्वाचित भएपछि पनि दलको नै प्रभावमा परी कार्यसम्पादन गर्दा अहिले यो पद पनि विविदित हुन थालेको छ । राष्ट्रपतिजस्तो आलंकारिक र सभामुख जस्तो निष्पक्ष र सबै दल तथा सांसदका लागि समभाव हुनुपर्ने पदहरु पनि दल विशेषको प्रभावमा पर्दा शक्तिशाली पद बनेका छन् । यही पदमा भागबण्डाका लागि दलहरुबीच लुछाचुँडी हुने गरेको छ ।
त्यही कारणले नवनिर्माचित सभामुख घिमिरेले पनि हताहतारमा निष्पक्ष भूमिका निर्वाह गर्ने घोषणा गरे । तर, उनी स्वयं एमाले वृत्तमा सर्वसाधारणसँग नभएर कार्यकर्तामाझ मात्र परिचित नेता मानिन्छन् । उनको अर्को संयोग र विशेषता हो, उनी झापाबाट निर्वाचित नेता हुन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निकटता छ । २०५४ सालमा राष्ट्रियसभा सदस्य भएका उनी २५ वर्षपछि संसदीय राजनीतिमा फर्किएलगत्तै सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी पाएका हुन् । प्रतिनिधिसभामा उपस्थिति २६८ सांसद मध्ये १६७ जनाले उनको पक्षमा मतदान गरेर निर्वाचित गराएका छन् ।
अहिले देशमा खिचडी सरकार बनेको छ । सरकारमा एमाले, माओवादी, रास्वपा, राप्रपा र जनमत पार्टीबाट मन्त्री बनाइएको छ । यद्यपि, सरकारमा नगए पनि कांग्रेस, नेकपा एस, जसपा र लोसपाले पनि सरकारलाई समर्थन गरेका छन् । तर, कुनै पनि दलको बहुमत नभएपछि तेस्रो भएको दल माओवादीले एमाले लगायत दलको समर्थन जुटाउँदै सरकार बनाएकाले कुनै पनि दलले समर्थन फिर्ता लिएमा सरकार धरापमा पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो बेलामा राष्ट्रपति र सभामुख जस्ता पदमा हुने नेताहरुको भूमिका पनि महत्वपूर्ण हुने गर्छ । एमाले नेता र ओलीसँगको निकटताका कारण सभामुख घिमिरेको आगामी दिनमा संसदमा कस्तो भूमिका रहनेछ भन्ने चासोको विषय भएको हो ।
सभामुख घिमिरेको संसदमा भूमिका कस्तो हुन्छ भन्ने चासोको अर्को कारण हो, यसअघिका सभामुख अग्निप्रसाद सापकोटाको विवादास्पद भूमिका । निर्विरोध निर्वाचित भएका सापकोटालाई पदीय गरिमा राख्न नसकेको आरोप लाग्यो । उनले आफ्नो पार्टी माओवादी केन्द्रको इसारामा काम गरेको र संविधान र कानुनले दिएका अधिकारसमेत दलीय निर्देशनका कारण अवरुद्ध पारेको आलोचना भयो । एमालेले तत्कालीन अवस्थामा कारबाही गरेका माधव नेपालसहित १४ सांसदको कारबाहीलाई निष्कर्षमा पु¥याउन सूचना नटाँसेको, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग सत्ताको स्वार्थ अनुसार अघि नबढाई थन्क्याएको, सरकारलाई बनाउनुपर्ने जति जवाफदेही नबनाएको जस्ता आरोप सापकोटामाथि लागेको थियो ।
यस्तो आरोप लगाउने र असन्तुष्टि जनाउनेमा अग्रपंक्तिमा थियो । जब कि तिनै सापकोटालाई सभामुख बनाउनमा एमाले अध्यक्ष ओलीको नै भूमिका महत्वपूर्ण थियो । सभामुखमा चयन भएपछि सापकोटाले संसदमा अन्य नेतालाई छाडेर ओलीको नजिक पुग्न देखाएको हतारको भिडियोले पनि यो कुरा पुष्टि हुन्छ । तर, पछि सापकोटा त्यही एमालेकै तारो बन्यो । उनको विवादास्पद भूमिकाले अब सभामुख जस्तो पदको गरिमा नवनिर्वाचित घिमिरेले वहन गर्लान् कि नगर्लान् भन्ने आशंका बढाएको छ । अघिल्लोपटक आफू अनुकुल सभामुख नहुँदा महत्वपूर्ण राजनीतिक निर्णयमा संसदबाट साथ नपाएको गुनासो ओलीको थियो । यसपटक आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुख बनाएर ओलीले जे चाह्यो त्यही गराउन सक्ने सम्भावना छ । यदि त्यस्तो भएमा संसदीय प्रणाली नै संकटमा पर्ने मात्र नभई यसप्रति जनताको भरोसा पनि उठ्नेछ ।
यस्तो अवस्था आउनसक्ने सम्भावना किन पनि छ भने ओलीले संसदको अनुभव भएका सक्षम नेतालाई छाडेर आफ्नो जिल्लाका र विश्वासपात्रलाई यसपटक छानेका छन् । अकोतर्फ स्वयं घिमिरेले पनि सभामुखमा निर्वाचित भइसकेपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुको कुराकानीमा दलीय छायाँबाट मुक्त रहने प्रश्नमा घुमाउरो जवाफ दिए । उनले दल दलका आफ्ना-आफ्ना कुरा हुने र ती कुराहरुलाई छलफल गरेपछि निष्कर्ष निस्कने जनाए । उनले स्पष्ट भाषामा आफू कुनै अमुक दल वा नेताको कठपूतली नबन्ने भन्न सकेनन् । त्यसैलेसभामुखले गर्नुपर्ने निष्पक्ष र तटस्थ भूमिका निर्वाह हुन नसकेको भनेर आलोचना हुँदै आएको परिप्रेक्ष्यमा घिमिरेको व्यवहार आगामी दिनमा कस्तो रहला ? सबैको चासोको विषय रहनेछ, आगे महत्वपूर्ण जिम्मेवारीमा पुगेका सभामुखलाई नै चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक