काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोकगायक पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
लोकदोहोरी गायक भीम पौडेलको निधन प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् । दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।
विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइहेका पौडेलको रक्तअल्पताको कारण निधन भएको हो । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिनेछ ।