शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी
साम्राज्यबाद तथा उपनिवेशबाद बिरोधी भारतीय स्वाधीनत संग्रामको बिश्व इतिहासमा ठूलो महत्व रहेको छ । यो संग्रामको मर्म र भावनाले कुनै पनि देशको स्वाधिनता,स्वतन्त्रता र सार्बभौमिक अखण्डताको उच्च सम्मान र सार्बभौमिक समानताको माग गर्दछ । तर साम्राज्यबाद बिरोधी त्यस्तो संग्रामको गौरबशाली इतिहासको बिरासत रचेको र बोकेको मानिएको भारतले स्वतन्त्रा पाए पछि पनि नेपालको सार्बभौमिक अखण्डता, स्वतन्त्रता र स्वाधीनताको सम्मान गर्न कहिले पनि चाहेन र गरेन । बरू प्रत्यक्ष परोक्षरूपमा भारतीय शासक बर्गले त्यसको निरन्तर उल्लंङन नै गर्दै रह्यो । त्यसमा पनि भारतमा कट्टर हिन्दूबादी मोदी नेतृत्वको सरकार आए पछि त झन् नेपालप्रतिको यस प्रकारको रबैया राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृितक सबै क्षेत्रमा अझ तीब्र?पमा चलिरहेको देखिएको छ । त्यसैले नेपालको सुरक्षा, शान्ति, बिकास र स्थायित्व हिजोदेखि अहिलेसम्म जहिले पनि भारतीय शासक बर्गकै कारण परनिर्भर हुने र खतरामा पर्ने गरेको यथार्थ पनि जगजाहेर छ । नेपाल–भारत बीच खुल्ला सीमाना भएका कारणले उत्पन्न अर्थ–सामाजिक समस्याको सही किसिमले हल गर्न भारतको अभिजात बर्गीय शासक बर्गले पटक्कै चाहेको देखिदैन । यद्यपि खुला सीमाकै कारण मुद्रा अपचलन, तस्करी,कर छली र कालोबजारीका अतिरिक्त भारतीय सुरक्षामा समेत असर पर्ने कुरा भने उसले जुनसुकै बेला पनि उठाउन छाड्दैन । तर सीमा क्षेत्रलाई कसरी ब्यबस्थित, सुरक्षित र नियमित गर्न सकिन्छ भन्नेतिर कहिलेपनि ध्यान दिदैन र दिन चाँहदैन । ब? नेपालसंगको सीमानको दशगजा (जहाँ दुबैतिरका मानिसह?को बसोबास गर्न मिल्दैन र जसलाई ’नो म्यान्स ल्याण्ड’भनिन्छ, त्यसलाई अन्तर्राष्ट्रिय नियम बिपरीत मिच्न र दु?पयोग गर्न उद्यत हुन्छ र भइरहेको छ । कालापानी, सुस्ता लगायत नेपालका धेरै स्थानमा बर्षौंदेखि सीमाना मिचिरहेको छ । नेपालका अहिलेसम्म बनेका सरकारह?ले भने ’छिमेकी र भूगोल परिवर्तन गर्न सकिदैन’ भनेर भारतीय शासक बर्गका यस्ता मिचाहा र हेपाहा गतिबिधिप्रति आँखा चिम्लने, ढाकछोप गर्ने र निरीहता प्रकट गर्ने तथा समस्या सुल्झाउने कुनै सार्थक कूटनीतिक पहल गर्ने तयारी र तत्परता गर्ने गरेको पटक्कै देखिएको छैन ।
बृटिश–भारतीय शासन कालदेखिनै नेपाललाई आफ्नो एकलौटी प्रभाव क्षेत्र र बजारको?पमा कायम राख्न चाहने भारतीय एकाधिकार पूँजीवादी अभिजात बर्गीय शासक बर्ग नेपालको जल बिद्यूत लगायतको ऊर्जा बिकास, औद्योगिकरण र पूर्बाधार निर्माणमा समेत सधै एक वा अर्काे किसिमले टाङ अड्याउदै आएको छ । वास्तवमा नेपाल र भारत बीच भएको १९५० को सन्धि यसै कुरालाई मध्यनजर राखेर नै गरेको देखिन्छ । फलतः नेपाललाई चल्न चटपटाउन नदिने गरी अठ्याउने गरिएको प्रष्टै छ । अन्य कुराका अतिरिक्त खाशगरी त्यसमा सुरक्षाको कुरामा भारतीय सत्ताले नेपाललाई आफ्नो मातहतमा राख्न खोजेको र प्रत्यक्ष परोक्षरूपमा पटक पटक त्यस्ता गतिबिधि गर्दै आएको छ । भारतको सुरक्षा छाता मुनि नेपाल बस्न चाहदैन र १९५० को सन्धिलाई बदलेर नयाँ सन्धि गरिनु पर्दछ भन्ने माग र आन्दोलन यसै सन्दर्भमा हुनेगरेको हो ।
हुन पन िकेही बर्ष पहिले भारतीय शासक बर्गले संयुक्त राष्ट्र संघ शान्ति सेनामा जाने नेपाली सेना भारतीय कमाण्डमा जानुपर्ने आशयको जुन कुरा अघि सा¥यो त्यो पनि यसै कारणले हो र यो नेपाल र नेपाली सेनालाई कदापि मान्य नहुने कुरा हो । यो नेपालको स्वाधीनता र सार्बभौमिक स्वतन्त्रतालाई चुनौति दिने भारतीय शासक बर्गको हर्कतको जोडदार बिरोध गरिनु आवश्यक छ । तर न त सरकारमा बसेका न प्रमुख प्रतिपक्षमा रहेका दलह?ले यी कुरामा कुनै ध्यान दिएका र कुरा नै उठाएका छन् । सत्ताको लुछाचुडीमा चुर्लुम्म डुबेर राष्ट्रिय हित र आवश्यकतप्रति उनीह?ले निरन्तर आँखा चिम्लिदै र तिलाञ्जली दिदै आएका छन् ।
केही बर्ष पहिले नेपाल र चीनका बीच हुने भनिएको तर परराष्ट्रमन्त्रीले खण्डन गरेको संयुक्त सैन्य अभ्यासकाप्रति भारतको रबैयाले समेत के कुरा दर्शाएको थियो भने भारत नेपाललाई एउटा स्वतन्त्र र सार्बभौम देशको?पमा हेर्न र ब्यवहार गर्न चाहँदैन । यद्यपि त्यस्ता संयुक्त सैन्य अभ्यासह? नेपालले भारत लगायतका अ? देशह?सँग पनि बिगतमा गरिसकेको छ । अनि चीनसँग पहिलो पटक नेपालले गर्ने भनिएको सैन्य अभ्यासले नेपाल–भातर सम्वन्धलाई जटील मोडमा धकेल्दछ भनेर भारतीय सत्ताले आपत्ति जनाउनु र चीन–नेपाल बीचको सम्वन्धलाई केवल सतही, औपचारिक र निष्कृय धरातलमा मात्र सीमित राख्न खोज्नुले पनि कुरा धेरै हदसम्म स्पष्ट पार्दछ । जबकि चीनले नेपालसंगको संयुक्त सैन्य अभ्यासबाट भारतले कुनै चिन्ता लिनु पर्ने आवश्यकता छैन भन्ने कुरा राम्रोसँग स्पष्ट पारिसकेको छ । तर भारतले नेपालका तत्कालीन राजदूत दीपकुरमार उपाध्यय समक्ष यस बारे गम्भीर चासो र चिन्ता जताएको कुरा प्रकाशमा आएको थियो ।
वास्तवमा सात सालदेखि आजसम्मका भारतीय शासक बर्गका गतिबिधि र प्रबृत्तिले के प्रष्ट पारेका छन् भने नेपाललाई भारतीय शासक बर्गले स्वतन्त्र?पमा उठ्न, खडा हुन र अघि बढ्न दिन चाहँदैन । आफ्नै मातहतमा सीमित गर्न र टङ्च्याएर राख्न चाहन्छ । यो भारतको बृटिश–भारतकालीन एकाधिपत्य जमाउने एकाधिकारबादी मानसिकताकै उपज सीवाय अ? केही होइन । यद्यपि नेपाल पछि पर्नुका आफ्नै आन्तरिक गम्भीर कारणह? पनि होलान् र अबश्य छन् । तर नेपाल सबै किसिमले पछाडि पर्नुको एउटा मूल कारण भने भारतको नेपालसँगको यो असमान र एकाधिकारबादी सम्वन्ध नै हो भन्ने कुरा अहिलेसम्मका यावत अनुभवहरूले जगजाहेर भइसकेको छ । त्यसैले समानताका आधारमा १९५० को सन्धिको पुनर्बिन्यास र सीमा समस्याको समाधान तथा नियमन र ब्यबस्थापन आजको ज्वलन्त राष्ट्रिय आवश्यकता बन्न गएको छ ।
यथार्थतः नेपाल परस्पर सम्मान, समानता र साझा हित तथा साझा भबिष्यका लागि बिश्वका सबै राष्ट्र समुदायसँग सम–मैत्री सम्वन्ध कायम गर्न चाहन्छ र पारस्पिरक त्यस्तो मित्रतामा दृढ बिश्वास गर्दछ अनि त्यसलाई अघि बढाउन चाहन्छ । नेपालले असंलग्न परराष्ट्र नीति अख्तियार गर्नुको मूल कारण पनि यही हो भन्ने कुरा कूटनीतिका ज्ञाताहरूले राम्रैसँग बुझेका पनि छन् । यस सम्वन्धमा केही बर्ष पहिला नेपाल र भारत दुबैले प्रबुध्द समूह बनाएर सम्वन्ध सुधारका लागि ठोस पहल गर्न लागेको हो कि भन्ने पनि देखिएको हो । तर दुबै देशका प्रबुध्द समूले दिएको साझा प्रतिबेदन भारतको मोदी सरकारका लागि पाच्य र रूचिकर हुन सकेन । त्यसैले त्यो प्रतिबेदन बुझ्नेसम्मको औपचारकतासम्म पनि भारतीय पक्षले देखाएन । यी सबै कुराले गर्दा बृटिश साम्राज्यबाद बिरोधी भारतीय स्वाधीनता संग्रामको स्मरण गर्ने स्वाधीनता दिवसको मर्म र भावनाको पनि नेपाल–भारत सम्वन्धको सन्दर्भमा अबमूल्यन र अपहेलना भइरहेको प्रतीत हुन्छ । यस स्थितिलाई बदलेर दुइ देशका बीच सौहार्द्रपूर्ण, स्वाधीन र साझा सम्वन्ध कायम गर्न अग्रसर हुनुको कुनै सार्थक र सान्दर्भिक बिकल्प पनि छैन ।

 

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१४ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक