सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिटरब्याजमा नयाँ शैली अपनाइँदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
मिटरब्याजमा नयाँ शैली अपनाइँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु। मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उहाँ झसङ्ग हुनुभएको थियो । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उहाँले आचार्यको खोजी सुरु गर्नुभयो । नगरपालिकाको वडा नं. ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उहाँले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको पाउनुभयो ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९(ख) कित्ता नं. १६ (एक कट्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा दुई लाख ५० हजार रुपियाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपियाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाउनुभएको थियो । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताउनुभयो ।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपियाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपियाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ ।

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपियाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताउनुभयो । बाख्रा पालेर जीविकोपार्जन गर्दै आउनुभएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ । सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए ।

हस्ताक्षर गरिएको खाली चेकमार्फत कारोबार 

चन्द्रौटा बजार आसपास क्षेत्रमा ५० भन्दा धेरै जनासँग मिटरब्याजीबाट कारोबार भएको स्थानीय रहिस शाहले बताउनुभयो । बैङ्कले ऋण दिन नसकेपछि व्यवसायी र स्थानीय बासिन्दाले धेरै ब्याजदरमा कर्जा लिने गरेको चर्चा छ । रुपिन्द्रले कारोबार गर्दा तमसुक नबनाई हस्ताक्षर गरिएका सादा चेक माग्ने गरेको खुलेको छ । केही व्यक्तिको जग्गा नामसारी गरी लगानी गरेको देखिएको छ । शिवराज नगरपालिका–२ का पूर्ववडा सदस्यले समेत रुपिन्द्रबाट रकम लिन जग्गा पारित गराएको स्वीकार गर्नुभयो । उहाँले थप कुरा खोल्न चाहनुभएन । सो वडाका दुई जना वडा सदस्यले पनि रुपिन्द्रबाट मिटरब्याजीमा पैसा लिएका थिए ।

चन्द्रौटामा इलेक्ट्रिक पसल सञ्चालन गरेका हसनले १४ महिनाअघि साथीका लागि रुपिन्द्रसँग चार लाख रुपियाँ लगेकोमा त्यसमा पनि तमसुक गराइएन । सादा चेकमा नै हस्ताक्षर गराइएको थियो । तमसुक नबनाई रुपिन्द्रले छ लाखको चेक र थप दुई थान हस्ताक्षर गरेको सादा चेक लगेका थिए । ब्याज तिर्न नसकेपछि हसनका साथी भागेर भारतमा लुक्दै आएका छन् । साथी भागेपछि ब्याजचाहिँ हसनले तिर्दै आउनुभएको छ । उहाँले ब्याजबापत १४ महिनामा चार लाख छ हजार रुपियाँ रुपिन्द्रलाई नगदै बुझाएको बताउनुभयो । उहाँले ब्याज कम गरिदिन आग्रह गरे पनि रुपिन्द्रले तत्काल पैसा दिर्न दबाब दिएको फोन कलको रेकर्ड रहेको छ ।

आधा दर्जनभन्दा बढी मिटरब्याजी

नगरपालिकाभित्र मिटरब्याजीको जालो रहेको स्थानीय व्यापारी बताउँछन् । बैङ्कबाट मिलाएर ऋण लिने अनि त्यही रकम मिटरब्याजमा लगाउनेको गिरोह रहेको दाबी गरिएको छ । स्थानीयवासीका अनुसार चन्द्रौटा बजारमा हार्डवेयर पसल गर्ने तीन, खाद्यान्न पसल गर्ने एक, लक्ष्मी टोलमा मदिरा पसल गर्ने एक, खरेन्द्रपुरमा हार्डवेयर पसल गर्ने एक जनाले मिटरब्याजमा कारोबार गर्दै आएका छन् । पीडितहरूको जग्गा पारित गराउने र हस्ताक्षर गरिएका खाली चेक उनीहरूसँग हुने हुँदा प्रशासनमा जाँदा धम्की दिने एक पीडितले बताउनुभयो ।

रुपिन्द्रको विषय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ठगी मुद्दा दायर भएपछि स्थानीय नेताहरू घटना मिलाउन चलखेल सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो तर घटनालाई मिलाउन स्थानीय नेताहरूले पीडित पक्षलाई पटक–पटक दबाब दिएका छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

८ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

बाढी सम्बन्धी भिडियो बनाएर पोष्ट गर्ने पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक