बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

युक्रेन कसरी बनिरहेको छ पश्चिमाहरुको ‘हतियार टेस्टिङ ल्याब’?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
युक्रेन कसरी बनिरहेको छ पश्चिमाहरुको ‘हतियार टेस्टिङ ल्याब’?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुस–युक्रेन युद्धमा अनेकन मोडहरु आइरहेका छन्। यो युद्धमा युक्रेनलाई विस्तारै अमेरिका र युरोपियन देशहरुले ‘हतियार टेस्टिङ ल्याब’का रुपमा प्रयोग गरिरहेको आरोप लागेको छ।

पश्चिमा राष्ट्रहरुले आफ्नो नयाँ–नयाँ हतियारहरुको क्षमता परीक्षणका लागि युक्रेन पठाउने गरेको दाबी ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज’ले गरेको छ। उसले त्यसको प्रमाणका रुपमा युक्रेनमा रसियाविरुद्धको युद्धका क्रममा अहिलेसम्मकै धेरै प्रकारका हतियारहरुको प्रयोग भएको जनाएको छ।

कतिपय हतियारहरु यसअघिका कुनै पनि युद्धमा प्रयोग नभएका हतियार पनि रसिया–युक्रेन युद्धका लागि युक्रेन पुग्ने गरेका छन्। युक्रेनमा उनीहरुले नयाँ या पुराना हतियारको क्षमता परीक्षण गर्ने थलोको रुपमा विकास गरेको भन्दै युद्ध शान्तिमा रुपान्तरण हुने सम्भावना झनै टाढा बन्दै गएको पनि जनाइएको छ।

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको इन्टेलिजेन्स कमिटीका सदस्य जिम हाइम्सका अनुसार युक्रेनमा जे भइरहेको छ, त्योबारेमा लेख्दा एक किताब पनि कम हुनेछ। एक सैन्य अधिकारीको भनाइ उद्धृत गर्दै उनले अमेरिकी सेनाका लागि युक्रेन युद्ध आफ्ना हतियारको क्षमताको डाटा दिने उपयुक्त थलोको रुपमा विकास भएको छ।

‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज’का अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रका डाइरेक्टर सेन्ट जोन्सले दुई आधुनिक देशबीचको २१ औँ शताब्दीको युद्धले धेरै कुराहरु छोडेर गएको बताए। उनले यो रुस–युक्रेन युद्धमा पश्चिमा र अमेरिकाले हतियारको प्रभावकारिताका बारेमा र यसले पुर्‍याएको क्षतिको आँकलन गरिरहेको बताए।

रुस र युक्रेन युद्धमा अहिले अनेकन प्रयोगहरु भइरहेका छन्। युक्रेनलाई दिएको स्वीचब्लेड ३०० ड्रोन र दुश्मनको राडारको निशाना बनाउनेवाला मिसाइल दुबै प्रभावहीन भएको निष्कर्ष ब्रिटेनले निकालेको छ। जुन ड्रोन पहिलो पटक युद्धमा प्रयोग गरिएको थियो। ब्रिटिश थिंक ट्यांकका अनुसार दुबै महत्वकांक्षी हतियारहरु युद्धको मैदानमा कमजोर भएका छन्। तर हल्का तौलवाला एम १४२ मल्टिपल रकेट लन्चर भने प्रभावकारी भएको जनाइएको छ। साथै साधारण पिकअफ ट्रकलाई मोबाइल मिसाइल लन्चरका रुपमा बदलिएको छ।

अमेरिका तथा पश्चिमा देशहरुले हतियारको सटिक निशाना लगाउनका लागि युक्रेनमा एक एपको विकाससमेत गरेका छन्। स्मार्टफोनको सहयोगमा यसलाई टार्गेट टुलका रुपमा प्रयोग गरिएको छ। जसका कारण रुसी ड्रोनहरु ठूलो मात्रामा झारिरहेको दाबी युक्रेनले गर्ने गरेको छ। समग्रमा अनेकन प्रयोग पश्चिमाहरुले युक्रेनी भूमिमा गर्ने अवसर पाएसँगै युक्रेन पश्चिमाहरुको ‘हतियार टेस्टिङ ल्याब’का रुपमा विकास भइरहेको हो।

यो पनि पढ्नुहोस्

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

३१ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

नख्खु कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

एनपीएल नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक