काठमाडौं । ‘राप्रपा नेपाललाई फेरि उठाउछौं’ भन्ने संकल्पका साथ पार्टी केन्द्रीय समितिको बैठक काठमाडौंमा सोमबार र मंगलबार बस्दैछ।
निर्वाचन र मुलुकको पछिल्लो राजनितीको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा र उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता बसन्तमानसिंह अधिकारीले जानकारी दिए।
प्रतिवेदनमाथी केन्द्रीय सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राख्नेछन्। समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए।