सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायणगढ–बुटवल सडक विस्तार फेरि सुस्तायो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नारायणगढ–बुटवल सडक विस्तार फेरि सुस्तायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पूर्वी नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड फराकिलो पार्ने चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट कछुवा गतिमा काम गरिरहेको छ । राजमार्गको डन्डादेखि पश्चिम दाउन्नेसम्मको ४२ किमि खण्डमा जम्मा दुई वटा डोजर र ६ जना कामदार राखेर काम गरिरहेको हो । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत चोरमारा अरुणखोलाको बीचमा पर्ने गन्डार खोलामा काम गरिरहेका डोजर । यस खण्डको अन्यत्र कतै काम भएको छैन । तस्बिर : नारायण/कान्तिपुर त्यति लामो खण्डमा फटाफट काम सम्पन्न गर्न दर्जनौं डोजर श्रमिक खटाउनुपर्नेमा यस क्षेत्रमा चरम लापरबाही भएको छ ।

अधिकांश क्षेत्र जंगल रहेको त्यस खण्डमा राजमार्ग फराकिलो पार्ने काममा खटेका जनशक्ति र मेसिन देख्नसमेत पाइँदैन । राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीचको गन्डार खोलामा नयाँ पुल निर्माण गर्न दुई डोजरले सडक भत्काउन थालेका छन् । त्यसबाहेक दाउन्नेदेखि पूर्व कावासोतीको डन्डाबजारसम्मको क्षेत्रमा (४२ किमि सडक क्षेत्र) मा कहीँकतै कुनै काम गरेको छैन । सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारको काम गर्ने तौरतरिका देखेर आफू छक्क परेको मध्यबिन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी बताउँछन् । ‘सडकमा भइरहेको कामको अनुगमन गर्ने नेपाल सरकारका निकाय होलान्, तिनले के हेरेर बस्छन् ! आश्चर्य छ,’ उनले भने, ‘सडक निर्माणका नाममा जताततै डाइभर्सन बनाएर जोखिम बढाइएको छ । काम गर्ने औजार र मान्छे राजमार्गमा देखिँदै देखिँदैनन् ।’ ०७३ मा राममार्ग ठेक्का लिँदा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सुरु गरेको ३ वर्षभित्र सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो ।

काम थालेको ४२ महिनामा २३ प्रतिशत मात्र काम सकिएको चिनियाँ ठेकेदार कम्पनीका इन्जिनियर राकेश झा बताउँछन् । रूख कटान र विद्युत्का पोल सार्न पर्ने सरकारी प्रक्रिया लामो र झन्झटिलो भएका कारण काममा केही ढिलाइ भएको उनको दाबी छ । त्यसमाथि कोरोनाकालमा काम ठप्प भएका कारण राजमार्गको प्रगति नदेखिएको झाको दाबी छ । राजमार्गको दाउन्ने गैंडाकोट खण्ड सडक हेर्ने प्रमुख इन्जिनियर रमेश दृष्टि हरेक बैठकमा त्यो क्षेत्रमा काम गराउन आफूले ताकेता गरिरहेको दाबी गर्छन् । ‘ताकेता गरिरहेका छौं । उनीहरू नै चिन्तित हुनुपर्ने हो । हामी दैनिकजसो बैठक गरिरहन्छौं र हरेक बैठकमा त्यो खण्डमा किन काम भएन भनेर दबाब दिएका छौं,’ उनले भने, ‘तर यस विषयमा ठेकेदार आफैं तात्नुपर्ने हो ।’ दाउन्नेदेखि गैंडाकोटसम्म ६५ किमि पर्दछ । यस क्षेत्रअन्तर्गत कावासोतीदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रमा ग्राभेल हालेर पुर्ने र सम्याउने काम भइरहेको छ । कावासोतीको डन्डादेखि पश्चिम दाउन्नेसम्म गत जेठदेखि नै काम रोकिएको हो । पहिला वर्षात्पछि सुरु गर्ने भनेको र वर्षात् सकिएपछि (गत भदौबाट) पनि काम हुन नसकेको आयोजनाले जनायो । गत साउन २२ मा सकिएको सडक निर्माणको काम आउँदो साउनसम्म म्याद थपिएको छ ।

बुटवल–नारायणगढ सडक खण्डको १ सय १४ किमि सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । वर्षा सुरु भएपछि पानीले काम गर्न दिँदैन भन्दै ठेकेदार कम्पनीले करिब ३ महिना कामै नगरी बस्ने गरेको छ । दाउन्ने पहाडको १४ किमि क्षेत्रको पश्चिमतर्फ (दाउन्ने बजारबाट पश्चिम) सडक भत्काएर अलपत्र पारेको छ । त्यहाँ राजमार्ग भत्काएर ग्राभेलसमेत नगरिएका कारण ठुल्ठूला खाल्डैखाल्डा रहेकाले यात्रा जोखिमपूर्ण छ । कावासोती खोलादेखि पश्चिममा पर्ने चोरमारा, अरुणखोला र दुम्कीवासमा पर्ने ठूला खोलामा पुल निर्माणको कामसमेत हुन सकेको छैन । कावासोती–नारायणगढ खण्डमा पर्ने भेंडाबारीमा अघिल्लो साता १ सय २० मिटर सडक कालोपत्र गरेपछि त्यहाँ अन्य काम भएको छैन । राजमार्ग कालोपत्र हुन थाल्यो भनेर हौसिएका स्थानीय फेरि निराश छन् । ‘कामै गर्दैन । सडक अनुगमन गर्ने निकाय पनि निकम्मा रहेछ,’ भेंडाबारीका अर्जुन आचार्यले भने ।

यो पनि पढ्नुहोस्

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

८ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

बाढी सम्बन्धी भिडियो बनाएर पोष्ट गर्ने पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक