काठमाडौं । मधेश प्रदेशबाट निर्वाचित दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। महोत्तरीको क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन्।
आइतबार केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।