काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको बैंकले जनाएको छ ।
बैंकको मोवाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यू.आर. कोड स्क्यान गरी सेवाग्राहीको सेवाशुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।
यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाव कितावमा पनि भुलचुक कमहुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ । यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुबै बैंकको यस सेवा प्रति सन्तुष्ट रहको अस्पतालले जनाएको छ ।
बैंकको ५६औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी बताएका हुन् ।
क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोवार पूर्ण रुपमा सुरक्षित हुने र कारोवारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले वताएका छन् ।