आइत, मंसिर १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्च

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्च

काठमाडौँ  – मधेसमा संवाद सुमधुर बनाउन भन्दै एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृह जिल्ला इलामबाट मात्र होइन, सर्लाही–१ बाट पनि उम्मेदवारी दिए । सर्लाहीको चुनावी प्रचारमा उनी रानीगन्ज पुगे, जहाँ सर्पदंशबाट मृत्यु भएका बालकको परिवारमा रुवाबासी चलिरहेको थियो ।

सर्लाहीको लालबन्दी–१ मा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन गर्न खरिद गरेको जग्गा । झन्डै १० बिघा जमिन अहिले चरन क्षेत्र बनेको छ । तस्बिर स् गोविन्द पोखरेलरकान्तिपुर

समयमा भ्याक्सिन नपाएर बालकको मृत्यु भएको खुलेपछि खनालले त्यही घोषणा गरे– सर्पले टोकेमा भ्याक्सिन नपाएर मृत्यु हुने अवस्था अन्त्य गरिनेछ ।

 

इलाममा खनाल विजयी भए पनि सर्लाहीमा पराजित भए । तर, राष्ट्रिय राजनीतिमा खनालको प्रभाव थियो, उनको दल सुशील कोइराला नेतृत्वको सरकारमा गयो । चुनावपछि जिल्लास्तरीय नेता खनाललाई भेट्न काठमाडौं पुगे । एमालेका तत्कालीन सर्लाही अध्यक्ष रेवती पन्त सम्झन्छन्, ‘सर्पको टोकाइबाट बालकको मृत्यु भएको घटनाले झलनाथ कमरेडको मस्तिष्कमा गहिरो छाप परेको रहेछ, समयमै उपचार नपाउने अवस्था अन्त्यका लागि के गर्न सकिन्छ भनेर छलफल भयो ।’

नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम ९एएसभी० उत्पादन गर्न पहल सुरु गर्ने निर्णय भयो । त्यसमा खनालको पहल हुने भएकाले पन्तसहितको टोलीले संस्था पनि दर्ता गर्‍यो– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

‘एन्टिस्नेक भेनम’ उत्पादन गर्ने काम आफैंमा महत्त्वपूर्ण थियो । तर, नेताले आफ्नै नाममा प्रतिष्ठान खोलेको भनेर आलोचना पनि भयो । काम पनि विवादित हुँदै गएपछि संस्था अहिले अलपत्रजस्तो छ । जबकि १९ करोड खर्च भइसकेको छ । विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम नै परिवर्तन गरिएको छ । अब यसको नाम हो– राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् ।

 

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रतिष्ठानलाई ७२ करोड दिने सम्झौता भएको थियो । ‘७२ करोड रुपैयाँ झलनाथ खनालले लग्यो भन्ने हल्ला भयो । कसैले पनि यथार्थ बुझ्न खोजेनन्, राम्रो कामका लागि खोलिएको संस्था भए पनि धेरै बदनामी कमाइयो,’ पन्त भन्छन्, ‘अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपरेको हो ।’

व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणले विरोध गरेका मात्र होइनन्, सहयोग गर्न दातृ निकाय हिचकिचाएको पन्तको अनुभव छ । ‘नाम परिवर्तनसँगै दातृ निकायले चासो देखाएका छन् । अस्पताल निर्माण भएपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ,’ उनले भने, ‘भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ ।’ यस्तै, सर्प पालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको उनले बताए । तर, त्यो काम कहिले हुन्छ भन्ने यकिन छैन, किनकि संस्था स्थापना भएको आठ वर्षसम्म न्यूनतम संरचना पनि बनेका छैनन् ।

नाम जे भए पनि काम कस्तो हुने भन्ने प्रश्न मुख्य थियो । परिषद्का अध्यक्ष पन्तका अनुसार २०७१ सालमा स्थापना भएको संस्थालाई सरकारले हालसम्म १९ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ, यो रकम खर्च भइसकेको छ । तर, सर्प पालनको योजना कहिलेबाट सुरु हुने प्रस्ट छैन । प्राप्त रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको उनको भनाइ छ ।

करिब ७ करोड खर्चेर लालबन्दी नगरपालिका–१ मा प्रतिष्ठानले जग्गा खरिद गरेको छ । नवलपुर चोकदेखि डेढ किलोमिटर उत्तर नन्देश्वर सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको झन्डै १० बिघा जमिन अहिले भैंसी चरनमा उपयोगी बनेको छ । ‘कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले साढे ९ बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका हौं,’ पन्त भन्छन् ।

संस्थाको जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइएको छ, त्यो पनि अपूरो देखिन्छ । २२ वटा भवन बनाउने योजना भए पनि ४ वटा भवन निर्माण गर्न ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो । ‘कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा ६ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौं,’ पन्तले भने । यसरी राज्यको पैसा खर्च भइसकेको छ भने परियोजना अलपत्र छ ।

परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पालन भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर, बजेट अभावले काम अघि बढ्न नसकेको पन्तले बताए ।

प्रतिष्ठानले तयार गरेको गुरुयोजनामा साढे ३ अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । ओली नेतृत्वको सरकारले ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो । आर्थिक वर्ष ०७६र७७ मा केन्द्रले ६ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा प्रदेशका मन्त्रीहरूबाट कमिसन माग भएपछि बजेट रोकिएको पन्त बताउँछन् । ‘प्रदेश मन्त्रीले नै कमिसन मागेपछि बजेट फ्रिज भयो,’ उनले भने, ‘पहिलो किस्ताबाहेक अर्को किस्ताको बजेट आएकै छैन ।’

स्थानीय सरकारबाट समेत वार्षिक एक करोड रुपैयाँ दिने सम्झौता भएको थियो । तर, लालबन्दी नगरपालिकाले सम्झौताको ५ करोड भुक्तानी गर्नै बाँकी रहेको पन्त बताउँछन् । परिषद्मा हाल चार जना कर्मचारी छन् । तिनकै तलबमा मासिक डेढ लाख खर्च हुने गरेको छ । ‘कार्यालयको मासिक भाडा नै ५० हजार छ,’ अध्यक्ष पन्तले भने ।

परियोजना व्यवस्थित रूपमा सञ्चालन भए स्वास्थ्य क्षेत्रका लागि ठूलै उपलब्धि हुने हो । किनकि नेपालमा हरेक वर्ष सर्पदंशबाट ३ हजार मानिसको मृत्यु हुने गरेको गत फेब्रुअरीमा प्रकाशित अनुसन्धानले देखाएको छ ।

परिषद्का कार्यक्रम संयोजक उमेश बराल सर्प पालनका दुई विकल्पमा जाने सोच बनाइएको बताउँछन् । भवन निर्माण गरेर त्यहीं सर्पको उत्पादन गर्ने र जंगलबाट सर्प ल्याएर क्वारेन्टिनमा राखी विष निकाल्ने ।

परिषद्ले विभिन्न प्रजातिका बीउ सर्प ल्याएर यहीं उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि सयभन्दा बढी सर्पहरू चाहिने उनले बताए । ‘उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकालिन्छ,’ बरालले भने, ‘प्राकृतिक अवस्थाबाट ल्याइएको सर्पलाई केही दिन क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात् विष निकालेर पुनः प्राकृतिक अवस्थामा छाडिन्छ ।’

पहिलो चरणमा विष निकालेर कच्चा पदार्थका रूपमा भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराएर एएसभी बनाउने योजना बनाएको बरालले बताए । दोस्रो चरणमा प्रयोगशाला निर्माण हुन्छ र घोडा पालन गर्छौं अनि परीक्षण गरेर यहीं उत्पादन गर्छौं ।’ विज्ञकै परामर्शमा सर्प पालनका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तले बताए । उनका अनुसार झापा, महोत्तरी, सर्लाही, चितवन, नवलपरासी, बाँके वातावरणीय हिसाबले सर्प पाल्न उपयुक्त ठाउँ हुन् ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

४९ मिनेट अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

२ घण्टा अगाडि

‘सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती छ । अहिल्यै सर्प मात्रै पालेर एन्टिभेनम नेपालमै उत्पादन गर्न सकिने अवस्था छैन । हामीसँग ल्याब पनि छैन,’ बरालले भने, ‘सर्प पालेर भारतको एन्टिभेनम निर्माण गर्ने कम्पनीलाई कच्चा पदार्थ दिएर एन्टिभेनम ल्याउन सकिन्छ । त्यसका लागि तत्काल घोडा पाल्नु पर्दैन ।’ विषालु सर्पबाट निकालिएको विषको निश्चित मात्रा घोडामा दिइन्छ । विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट संकलन गरिन्छ । त्यसरी संकलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइने बरालले बताए ।

नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति पनि छैन । भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ । ‘भारतले आफ्नै आन्तरिक माग धान्न सकिरहेको छैन । भारतले आफ्नो प्रविधिमार्फत सहयोग गर्ने भनेको छ । विस्तृत रूपमा त्यसको उत्पादनका लागि के गर्न सकिन्छ भन्ने छ,’ बरालले भने, ‘अहिले प्रविधिमा भारतीय कम्पनीले सहयोग गर्ने र दोस्रो चरणमा कच्चा पदार्थ पठाउने समझदारी भएको छ ।’

भारतमा हैदराबादको भिन्स बायोप्रोडक्ट्स लिमिटेड, महाराष्ट्रको भारत सेरम्स एन्ड भ्याक्सिन्स लिमिटेड, मुम्बईको हाफ्किन इन्स्टिच्युट, पुनेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेड, प्रिमियम सेरम एन्ड भ्याक्सिन्स प्राइभेट लिमिटेडलगायत दर्जनभन्दा बढी कम्पनीले एएसभी उत्पादन गर्दै आएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुन्छ ।

सर्पदंशका अधिकांश घटनामा कृषक र विपन्न वर्गहरू पर्ने गरेका छन् । घरबाहिर सुत्ने, खेतमा जाने, जंगलमा जाने क्रममा वा घरभित्रै सुतिरहेको अवस्थामा सर्पदंशका घटना बढी हुने अध्ययनहरूले देखाएका छन् ।

युनिभर्सिटी अफ जेनेभा, बीपी प्रतिष्ठान, विश्व स्वास्थ्य संगठनका ६ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार ६ सय ६१ वटा घटना हुने गरेको उल्लेख छ ।

ल्यान्डसेट जर्नलमा प्रकाशित ‘स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल ः अ मिल्टक्लस्टर रेन्डम सर्भे’ शीर्षकका प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार ७ सय ४९ देखि ३७ हजार ६ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ । ती घटनामा २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख गरेको थियो । २३ जिल्लाका २ सय ४९ गाउँका १३ हजार ८ सय ७९ वटा घरमा एक वर्ष लगाएर गरिएको सर्वेक्षणबाट उक्त तथ्य निकालिएको थियो । सर्पदंश घटनामध्ये ४८।८ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो । तीमध्ये ७ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । सो अनुसन्धानले तराईका हरेक एक लाख मानिसमा २५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ । तीमध्ये २२ जनाको मृत्यु हुने गरेको छ ।

 

सर्पदंशका कारण मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । ६४ प्रतिशत महिलामात्र छन् । पूर्वी नेपाल र मध्यमाञ्चलमा मृत्युदर बढी पाइएको थियो । यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पुर्‍याउनुअघि नै ज्यान जाने गरेको देखाएको थियो । विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन् । तीमध्ये ८१ हजारदेखि १ लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा हाल ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजातिहरू विषालु छन् । विषालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक ९कर्कट नाग० सबैभन्दा धेरै विषालु हुन् ।

के हो एन्टिस्नेक भेनम रु

सर्पको विषविरुद्ध लड्न सक्ने गरी तयार गरिएको औषधि हो एन्टिस्नेक भेनम ९एएसभी० । यसले सर्पदंशबाट लाग्ने विषविरुद्ध लड्न मद्दत गर्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर एवं सर्पदंश उपचारका विज्ञ डाक्टर सञ्जीवकुमार शर्मा भारतबाट ल्याइएका पनि प्रभावकारी छैन । ‘भारतबाट आएको एएसभीको रियाक्सन रेट धेरै हुन्छ । औषधि ठ्याक्कै प्रभावकारी नभएकाले साइड इफेक्ट हुन्छ,’ डा। शर्माले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रतिवेदनअनुसार सर्पका विष तीन खालका छन् ः न्युरो टक्सिन, हेमाटोटक्सिन र साइटोटक्सिन । ‘मोनोभ्यालेन्ट–एएसभी निश्चित सर्पले टोकेको अवस्थामा लगाइन्छ । पोलिभ्यालेन्ट एएसभी धेरै खालको सर्पले टोकेमा प्रयोग गरिन्छ,’ शर्माले भने, ‘भारतबाट पोलिभ्यालेन्ट एएसभी मात्रै ल्याउने गरिएको छ ।’ पोलिभ्यालेन्ट एएसभी चार प्रकारका विषालु सर्पबाट निकालिएका हुन्, पाउडरमा रहने त्यसलाई १० एमएलको स्टेराइल पानीमा घोलेर घाइतेमा चढाइन्छ । ‘सामान्यतः हामी १० भाइलमा सय एमएल पानी हालेर चढाउने गरेका छौं,’ डाक्टर शर्माले भने । बालबालिका र वयस्कमा चढाइने एन्टिस्नेक भाइलको मात्रा एउटै हुन्छ ।

सरकारी प्रतिवेदनमा एउटा घाइतेलाई औसत १२ भाइल एन्टिस्नेक भेनम प्रयोग गरिन्छ । यद्यपि केही घटनामा २० देखि ३० भाइलसम्म प्रयोग भइरहेको छ ।नेपालमा प्रयोग गरिने एन्टिभेनम दक्षिण भारतमा पाइने विषालु सर्पबाट निकालिएका हुन् । त्यहाँ पाइने गोमन, करेत, रुसेल्स भाइपर र स–स्केल्ड भाइपर प्रजातिबाट निकालिएको विषबाट एन्टिस्नेक भेनम बनाइन्छ । यद्यपि नेपालमा स–स्केल्ड भाइपरले टोकेका घटनाहरू कम छन् ।

सर्पविज्ञ एवं प्राध्यापक करनबहादुर शाह एउटा भूगोलमा पाइने सर्पबाट निकालिएको विषबाट बनाइने एन्टिभेनमको प्रभावकारिता अर्को क्षेत्रमा प्रयोग गर्दा कम हुने बताउँछन् । उनका अनुसार एएसभी उत्पादनका लागि विषालु सर्प पालन आवश्यक हुन्छ । यसका लागि सर्पको खोजी गर्ने, रेखदेख गर्ने, उत्पादन गर्ने, सुरक्षा संवेदनशीलता, स्वास्थ्योपचार, भौतिक संरचनाको आवश्यकता हुनुपर्छ ।

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

लागुऔषध सहित एक दम्पती पक्राउ

४९ मिनेट अगाडि
संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत

सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न निर्देशन

२ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेपाल स्टक एक्सचेञ्जमा ७ अंकको गिरावट

२ घण्टा अगाडि
पूर्वप्रधानमन्त्री केपीओलीलेअहिले सरकारमा जाने कुनै मनसाय नरहेको जनाउनुभयो

हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो

३ घण्टा अगाडि
भारतीय महिला लिग खेल्न दुई खेलाडी  भारत प्रस्थान

भारतीय महिला लिग खेल्न दुई खेलाडी भारत प्रस्थान

६ घण्टा अगाडि
प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

प्रम प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

६ घण्टा अगाडि

लोकप्रिय

  • युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    युइएफए युरोकप २०२४ को ड्र सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली

    0 shares
    Share 0 Tweet 0
  • कोप–२८ मा प्रधानमन्त्री दाहालको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • अमेरिकी चूनौतिको सामना गर्न भारतलाई अप्ठेरो ?

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

थलीमा सवारी दुर्घटना हुँदा एकको निधन

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist