शनि, अशोज १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

उपाधिको लक्ष्यका साथ साफ यु–२० महिला च्याम्पियनसिपकाे तयारीमा तिब्रता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपाधिको लक्ष्यका साथ साफ यु–२० महिला च्याम्पियनसिपकाे तयारीमा तिब्रता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।

उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता सा फुटबल अन्तर्गतको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।
फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । सोही प्रतियोगिताका लागि सबै देशले तयारीलाई तीव्रता दिइरहँदा नेपाली टोलीले पनि तयारीलाई तीव्र बनाएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोली दिनहुँ ३÷४ घण्टा अभ्यासमा व्यस्त रहँदै आएको छ । अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिले भने यु–२० बाट हुँदैछ ।

अघिल्लो इतिहास हेर्दा उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताए । तीन साता अघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्यससँगै केही मैत्रीपूर्ण खेलबाट अभ्यास बटुलेको छ ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको बताउनु भयो । यसअघि पनि सहभागिता जनाउँदै आएको नेपालले यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेको छ । सुरुवाती १५ दिनमा प्राविधिक विषयमा गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको भन्दै मुख्य प्रशिक्षक गुरुङले अहिले खेल शैलीको बारेमा अभ्यास गराइरहेको बताए । प्रतियोगिता खेल्नका लागि खेल शैलीमा परिवर्तन गर्न चाहे पनि छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिने प्रशिक्षक गुरुङले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताइन् । प्राविधिक र मानसिक हिसाब दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकोले ढाकामा हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्ने पक्षमा रहेको बताए ।   प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवी र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वाभाविक खेलबाट सुखद नतिजाको लक्ष्य राखेर तयारी गरेको खेलाडी प्रिति राईले बताए ।

कुनै समय दक्षिण एशियामा बलियो टोली गनिने नेपाली टोलीले अन्य दक्षिण एशियाली टोलीको तुलनामा अघि बढ्न नसकेको केही पछिल्ला प्रतियोगिताका नतिजाबाट प्रस्ट छ । सँगै एन्फाले योजनाअनुरुप प्रतियोगिता सञ्चालन गर्न नसक्दा खेलाडीले अनुभव लिने मौकाबाट टाढिरहेका छन् ।

प्रतियोगिता आयोजना हुने निश्चिततासँगै अभ्यास थालनी गर्ने प्रचलन पुरानै हो । जसका कारण नतिजा टाढिरहेको अवस्थामा प्रशिक्षक यामप्रसाद गुरुङले नेतृत्व तहबाट नै महिला टोलीको खेल स्तर सुधार गर्न ठोस कार्यक्रम नभएको बताए ।

नेपालले लगातार चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगिता फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुँदैछ र तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ । सिंगल राउण्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

८ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

आज रास्वपाको बैठक बस्दै

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

महाकाली नदीमा खसेर युवक बेपत्ता

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक