काठमाडौँ – राेजगारिका लागि भारतको महाराष्ट्रमा रहेका कैलालीका एक युवकको हत्या भएकाे छ।
भारतको महाराष्ट्रस्थित आलिबागमा कैलाली लम्कीचुहा नगरपालिका- ६ का १८ वर्षीय कमल विकको हत्या भएकाे खुलेको हो।
उनकाे २६ पुसमा हत्या भएको बुझिएकाे छ। विकको उनकै साथीहरूले हत्या गरेकोभन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन्।
पार्वतीले कमलका ४ जना साथीविरुद्ध माघ १ गते महाराष्ट्र राईगढ स्थित आलिबाग थानामा उजुरी दिएकी छन्।
हत्या आराेप लागेका उनीहरूरु सबै होटलमा काम गर्दै आएका थिए।