काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने भएको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सो पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने निर्णय भएको हो ।
रास्वपाबाट निर्वाचित सांसदहरू । तस्बिर : इलिट जोशी/कान्तिपुर
उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् ।