काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।