आइत, भदौ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाल्पा । सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।

सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिड्नुभएको छ पाल्पाको रामपुरकी २७ वर्षीया मैना श्रेष्ठ । उहाँले रामपुर नगरपालिका क्षेत्रमा भ्यान चालकको काम गर्दै आउनुभएको छ । पुरुष चालक सरह नै हिम्मत र आँट गरेर समुदायमा उदाहरणीय महिला चालकका रुपमा कहलिनुभएको छ । रामपुर क्षेत्रमा पालोअनुसार तथा रिजर्भमा गाडी चलाउनुहुन्छ ।

“महिला भए पनि अवसर पायो भने पुरुषसरह नै काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “गाडी चालक भएर यात्रु ओसार्न पाउँदा आनन्द लागिरहेको छ, मनमा इच्छा शक्ति भयो भने महिला भनेर पछाडि हट्नुपर्दैन ।”

नमस्ते रामपुर यातायात प्रालिमा भ्यान दर्ता गरेर आफ्नो पालोमा उहाँ यात्रु ओसार्ने गर्नुहुन्छ । दुई महिनाअघि रु. १२ लाखमा यात्रुवाहक भ्यान किनेर व्यावसायिक रुपमा यात्रु ओसारपसारमा अहिले उहाँको दैनिक बित्ने गरेको छ ।

रामपुरको बेझाड बजार, विजयपुर, किसानवारी, प्याक्लुक, आँपचौर, रामटार, गण्डकीढिक, भलायटार, स्याउली बजार क्षेत्रमा उहाँ यात्रुलाई लैजाने ल्याउने गर्नुहुन्छ । उहाँ बिहान ६ देखि साँझ ७ बजेसम्म चालकका रुपमा निस्कनुहुन्छ । एकै पटकमा सवारी चालकको अनुमति पत्र प्राप्त गरेपछि व्यावसायिक रुपमा गाडी चलाउन उहाँको हिम्मत बढ्यो ।

“लाइसेन्स निस्केपछि गाडी चलाउँछु भन्ने योजना बनाएँ, परिवारको साथ सहयोग हौसला पाएपछि व्यावसायिक रुपमा यसमा लागेकी छु”, उहाँले भन्नुभयो । मासिक रुपमा उहाँले सरदरमा रु. १५ हजार बराबरको कमाइ गर्नुहुन्छ । छ वर्षको छोरालाई बिहानै घरमा छाडेर उहाँ नियमित ड्युटीमा निस्कनुहुन्छ । बेझाड चोकमा भ्यान लिएर यात्रुको प्रतीक्षामा उहाँ भेटिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सानो बच्चा छ, घरमा सासूससुराको साथमा छाडेर बिहानै गाडी लिएर नम्बर लगाउन जान्छु, बाँच्नका लागि केही न केही गर्नुप¥यो, आफ्नै घरबाट निस्केर काम गर्न पाइएको छ, दुःखसुख नगरीकन जीवन चल्दैन ।”

महिला चालक भनेपछि महिला यात्रुले नै उपेक्षा गर्ने गरेको उहाँले गुनासो पोख्नुभयो । गाडीमा चढ्ने क्रममा महिला चालक रहेछ भनेर कतिपय यात्रु चढेपछि ओर्लने, कतिपय नचढीकन अर्को गाडी चढ्ने गरेको श्रेष्ठले अनुभव सुनाउनुभयो । रामपुर नगरपालिकाको सहयोगमा एक महिना सवारी चालकको तालिम लिनुभएकी श्रेष्ठले सीप विकासका लागि स्थानीय ड्राइभिङ सेन्टरमा तीन महिनाको तालिम लिनुभयो ।

महिला भनेर उपेक्षा गर्ने समाजमा ठूला सार्वजनिक सवारी चालकका रुपमा काम गर्ने उहाँको इच्छा छ । एउटा निश्चित रुट भइदिएमा सवारी साधन चलाउन सहज हुने उहाँ बताउनुहुन्छ । घरपरिवार र आफ्नो गाउँ छिमेकका साथीले यस व्यवसायमा राम्रो हौसला दिएको श्रेष्ठले बताउनुभयो । सुरुको समय भएकाले केही पुरुष चालकले राम्रो व्यावहार गर्ने गरे पनि केहीले भने महिला चालक भनेर नियम मिच्न खोज्ने गरेको उहाँले बताउनुभयो ।

समाजमा महिलाले नगरेको पुरुषले मात्र गर्ने नयाँ काम गर्ने अठोटका साथ सवारी चालकको काम थालनी गरेको उहाँको भनाइ छ । श्रीमान् वैदेशिक रोजगारमा र घरमा सानो बच्चा हुँदा केही कठिनाइ भने झेल्नु परेको उहाँले सुनाउनुभयो । सिलाइकटाइको काममा समेत राम्रो अनुभव बटुल्नुभएकी श्रेष्ठले यस क्षेत्रमा लागेपछि समाजमा सबैका सामु चिनिने अवसर पाएको बताउनुभयो । दैनिक व्यवसायमा खटिनुपर्ने भए पनि यात्रुको सेवा गर्न पाउँदा आनन्द लाग्ने गरेको उहाँले बताउनुभयो ।

महिला भएर पनि समाजका लागि पुरुषसरह नै हिम्मत गरेर समुदायमा उदाहरणीय महिलाका रुपमा पहिचान बनाएको देख्दा खुसी लागेको स्थानीय सरिता रेग्मीले बताउनुभयो । उहाँले जस्तै हिम्मत गरेर काम गरियो भने महिला भन्दैमा सधैँ पछाडि पर्नु नपर्ने उहाँको भनाइ छ । रामपुर क्षेत्रमा हाल २८ भ्यान सञ्चालनमा छन् । नगरपालिकाभित्र पालैपालो विभिन्न स्थानमा भ्यान चालकले नम्बरअनुसार यात्रु ओसारपसार गर्दछन् । रासस

यो पनि पढ्नुहोस्

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने

२ घण्टा अगाडि
बिहिबार १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

पार्टी एकताका लागि पद त्याग्न तयार

एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक