एजेन्सी । अफगानिस्तानमा आत्मघाती हमला हुँदा कम्तीमा २० जनाकाे मृत्यु भएकाे छ। बुधबार राजधानी काबुलस्थित विदेश मन्त्रालय नजिक आत्मघाती हमला भएकाे तालिवान प्रशासनले जनाएकाे हाे। सूचनामन्त्री उस्ताद फरीदुनले बम आत्मघाती हमला मन्त्रालय भित्र नै गर्न खाेजेकाे तर असफल भएकाे बताए। उनले दुर्घटनामा परी कैयाै घाइते भएकाे जानकारी दिए।
घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ। आत्मघाती हमला स्थानीय समयअनुसार अपरान्ह ४ बजे भएकाे थियाे। चीनकाे एक प्रतिनिधिमण्डलले तालिवानसँग बैठक बसिरहेकाे बेलामा हमला भएकाे बताइएकाे छ। इस्लामिक स्टेटले पछिल्लाे एक वर्षमा अफगानिस्तानमा भएका विभिन्न हमलाकाे जिम्मेवारी लिँदै आएकाे छ। यद्यपि हिजाे भएकाे हमलाकाे भने कुनै पनि संगठनले जिम्मेवारी लिएकाे छैन।


