आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै उसले  उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग गरेको छ ।

चीनमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आफ्नो भूमिमा प्रवेश गर्ने चिनियाँलगायत अन्यलाई कोभिड–१९ परीक्षणको नकारात्मक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियम लगाएपछि चीनले पनि त्यसको प्रतिवाद गर्दै प्रवेशाज्ञा दिन बन्द गरेको हो ।

चीनले मङ्गलबार जापान र दक्षिण कोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । जापानले चीनको उक्त निर्णयलाई प्रतिशोधात्मक एवम् खेदजनक कदम भनेको छ । टोकियोले कूटनीतिक माध्यमबाट चिनियाँ निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्च्याउन माग गरेको सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताउनुभयो ।

सोलस्थित चिनियाँ दूतावासले मङ्गलबार अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार  दक्षिणकोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ । सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध लागू रहनेछ ।

चीनबाट कोरिया जानचाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरुप व्यवहार गर्ने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।रासस/एएफपी

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

१० घण्टा अगाडि
सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक