मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू ब्राजिलको संसदमा गरे प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू ब्राजिलको संसदमा गरे प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दक्षिणपन्थी नेता जायर बोल्सोनारोका हजारौँ समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन्। उनीहरूले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन्।

ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए। केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेकाे पनि देखिए।

केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा तोडेका थिए।

भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्त्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

राष्ट्रपति लुला दा सिल्भाले यस आक्रमणकाे कडा निन्दा गरेका छन्।

ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ। त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले हिंसाको निन्दा गरेका छन्।

गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन्।

न्यायमन्त्री फ्लाभियो डिनोका अनुसार हालसम्म २०० जनालाई पक्राउ गरिएको छ।

बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गर्दै आएका छन्। उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिएनन्।

तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन्। बोल्सोनारो हाल अमेरिकामा छन्।

यो पनि पढ्नुहोस्

देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

देउवा दम्पती पक्राउ नगर्न अन्तरिम आदेश

१९ मिनेट अगाडि
सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक