बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभु र ग्लोबल बैंंककाे सेवा बन्दका कारण शेयर बजार प्रभावित हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रभु  र ग्लोबल बैंंककाे सेवा बन्दका कारण शेयर बजार प्रभावित हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मर्जरको लागि डाटा माइग्रेसनका लागि प्रभु बै‌क र ग्लोबल आईएमई बैंंकले सेवा बन्द गर्दा शेयर बजारसमेत प्रभावित हुने भएको छ । धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु र ग्लोबल आईएई दुवै बैंकको बैंकिङ कारोबार बन्द हुँदा सेयर सेयर बजार समेत प्रभावित हुने भएको हो ।

क्लियरिङ बैंकको रुपमा काम गरिरहेको ग्लोबल आईएमई बैंकले मर्जरका कारण आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । बैंक अफ काठमाडौंसँग मर्जरमा जान लागेको ग्लोबल आईएमई बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दै छ । सेञ्चुरी बैंकसँग मर्जरमा जान लागेको प्रभु बैंकको भने मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जनाएको छ ।

प्रभु र ग्लोबलसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् । सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्लियरिङ सेवा खासै प्रवाह नगरेको हुँदा ग्लोबल आईएमई र प्रभु बैैंकको सेवा प्रभावित हुँदा कारोबारको राफसाफ प्रभावित हुने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

‘शेयर कारोबार हुन्छ तर, राफसाफ गर्न समस्या हुन्छ, अन्य बैंक मर्जरमा जाँदा सेयर कारोबार गरेको रकम भुक्तानीमा केही समस्या भएको थियो,’ उनले भने, ‘यो पटक क्लियरिङ बैंक दुबैको एकसाथ कारोबार बन्द हुँदा राफसाफमा समस्या हुन्छ ।’ कुनै लगानीकर्ताले अत्यावश्यक भएर आज भुक्तानी पाउनेगरी सेयर बिक्री गरेको भए उसले रकम पाउने नसक्ने उनले बताए ।

आम सेयर लगानीकर्ताले भने बोर्डले ‘टी प्लस २’ मा सेटलमेन्ट र तेस्रो दिनमा राफसाफ गर्नुपर्ने व्यवस्था गरेपछि मर्जर हुँदा उक्त व्यवस्था प्रभावित हुनु बजार सञ्चालक र नियामक दुबैको गैरजिम्मेवार भएको आरोप लगाइरहेका छन् ।

‘सेयर कारोबारको सेटलमेन्ट गर्ने भनेको ब्रोकर, नेप्से र सीडीएससीको सहित करिब ५५ वटा खाताको काम गर्न नसक्ने भन्ने कुरा हुँदैन,’ धितोपत्र बजारको जानकार एक अधिकारी भन्छन्, ‘बजारको सेटलमेन्ट र राफसाफ प्रभावित हुन भनेको धितोपत्र बजारप्रतिको विश्वसनियता घट्दै जानु हो ।’

नेपाल धितोपत्र बोर्डको प्रवक्ता मुक्तिनाथ श्रेष्ठ यसको लागि वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् । ‘मर्जरको कारण बैंकका बैंकिङ कारोबार प्रभावित भयो भनेर सेटलमेन्ट र राफसाफ प्रभावित हुने भन्ने कुरा हुँदैन त्यसमा वैकल्पिक व्यवस्था हुनुपर्छ ।’ बोर्डका प्रवक्ता श्रेष्ठले सेटलमेन्ट प्रभावित नहुने तर, सेयर कारोबार गर्नेले पाउने भुक्तानीमा भने समस्या हुने बताए ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटिडेका प्रवक्ता सुरेश न्यौपाने केही प्राविधिक समस्या भए पनि सेटलमेन्ट नै प्रभावित हुने अवस्था नआउने बताउँछन् । तर, कारोबारको राफसाफमा भने समस्या हुनसक्ने उनले बताए ।

‘सेटलमेन्ट खाता मात्रै नभएर ब्रोकको रेगुलर खाता पनि सोही बैंकमा हुँदा आइतबार र सोमबार राफसाफमा समस्या हुन्सक्छ,’ उनले भने, ‘सेटलमेन्ट हुन सक्छ कि सक्दैन भन्नेमा हामी बढी फोकस भएका छौं । दुइवटा बैंकको माइग्रेसन छ भन्दैमा सेयर बजार बन्द हुने अवस्था आउनु हुँदैन त्यसको लागि बैंकल्पिक व्यवस्था गर्नुपर्छ भन्ने रहन्छ ।’ अन्य बैंकिङ कारोबार नभए पनि कनेक्ट आईपीएस चल्छ भनेर क्लियरिङ बैंकसँग प्रारम्भिक छलफल भने भएको उनले बताए । प्राविधिक समस्या भने हुनसक्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

७ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक