मोरङ । मोरङ प्रहरीले विराटनगर महानगरबाट २ लाख रुपैयाँभन्दा बढीको घरेलु मदिरा बनाउने कच्चा पदार्थ र समाग्री बरामद गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार श्रेष्ठले शुक्रबार बेलुका महानगरपालिका वडा नम्बर १२ मंगलबारेबाट अवैध रुपमा घरेलु मदिरा बनाउने २ लाख ४४ हजार ९ सय ७० रुपैयाँ बराबरको सामाग्री बरामद गरेको जानकारी दिए।
प्रवक्ता श्रेष्ठले विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मदिरा बनाउने २ हजार ८ सय ७० किलो कच्चा पदार्थ, घरेलु मदिरा १ सय २५ लिटर, मदिरा बनाउने ३१ वटा भाडा बरामद गरेको हो।
प्रहरीले सो क्षेत्रबाट यसअघि पनि पटक–पटक घरेलु मदिरा बरामद गर्दै नष्ट गर्दै आएको छ। हाल प्रहरीले बरामद गरिएको सामाग्री विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयलाई बुझाएको छ।