–लोकनारायण सुबेदी
बिश्वमा आज मार्क्सबादी पक्षधरहरुले मार्क्सबादको नाममा प्राय यान्त्रिक नक्कल तथा आर्थिकरुपमा कठमुल्लबादी(जडसुत्रबादी) किसिमले यसमा टाँस्सिरहनुका साथसाथै ऐतिहासिक तथा समाजिक बिशेषताहरु र परिस्थिति अनुरुप मार्क्सबादको बिकास गर्न असक्षम भएका कारणले समेत यस दर्शन र सिध्दान्त बिरुध्द क्रियाशील रहेको खेमालाई ‘मार्क्सबादको मृत्यु’को घोषणा गर्न बल प्रदान गरेको देखिन्छ । यसका अतिरिक्त ‘बिचारधाराको अन्त्य’,‘इतिहासको अन्त्य’ र ‘उत्तर आधुनिक बैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भबिष्यबाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको प्रष्टैसँग औंल्याउन सकिन्छ । मार्क्सबादका बिरुद्ध यति हुँदाहुदै पनि आज यही यस्तो समय पनि हो जतिबेला सबै ठाउमा मजदुरबर्ग र उत्पीडित जन समुदाय संघर्षरत रहेका छन् । आजको बिश्वमा अनौपचारिक र असंगठित तप्काको पनि निकै ठूला संख्या पनि एकजुट हुदै गएको देखिदै आएको छ । किसान, महिला, प्रबासी शरणार्थी तथा उत्पीडित जन समुदायका बिभिन्न तह र तप्काहरु पनि आफ्नो हक हितका निम्ति आवाज उठाउदै आएका छन् । यसले प्रष्ट पार्दछ कि आजको नबउदारबादी पूँजीवादको संकटले बिश्वमा आज सबैलाई पिरोलेको छ र यसले उत्पन्न गर्ने चौतर्फी बिकराल समस्याको समाधान नखोजी धरै छैन भन्ने स्थिति फेरि पनि ठोस बन्दै गएको छ । यस स्थितिले पुनः माक्र्सका महत्वपूर्ण योगदान अध्ययन गर्नुपर्ने र यस स्थितिको समाधान खोजिनु पर्ने कुराको महत्व र आवश्यकता आज अझ बढ्न गएको छ।
स्न १८१८ को पाँचौ महिना अर्थात् मई ५ मा जर्मनीमा जन्मेका मार्क्स आफ्नो समयको बिश्वका सबैभन्दा महान चिन्तक तथा क्रान्तिकारी दार्शनिक तथा बिचारक बने । उनको त्यही बिचारले बिश्व भरीका सर्बहारा बर्ग र श्रमजीवी जनतलाई आफ्नो मुक्तिको पथ प्रदर्शन गर्न थाल्यो र बैज्ञानिक समाजबादको दिशामा संघर्ष बिकसित हुँदै गयो र बिश्वमा नयाँ र अपूर्ब परिबर्तन ल्याउन अपूर्ब योगदान दिदै आयो । यसले शिोषित, उत्पीडित, पददलित बिश्वका करोडौ करोड मानिसहरुमा नया आशा र उत्साह जगायो र परिबर्तनको नबीन ऊर्जा पैदा गर्न अत्यन्तै ठूलो मद्दत गर्यो ।
त्यसैले भनिन्छ कि मार्क्सको बिचारले मानब जातिको इतिहासमा सबैभन्दा धेरै र दूरगामी प्रभाव पार्यो । उनको बिचार ब्यापक र बहु आयामिक रहेको छ । खाशगरी उनले बैज्ञानिक समाजबादी बिचारको बिकास गरे । यसका तीन वटा मूलभूत तत्वहरु छन । ती हुन् — द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबाद,राजनैतिक अर्थशास्त्र र बर्ग संघर्षको सिद्धान्त । संक्षेपमा बिश्व मानब समाजको सभ्यताको ठोस परिस्थितिको ठोस बिश्लेषणका आधारमा कार्ल मार्क्सले इतिहासको सही र बैज्ञानिक ब्याख्या गरे, पूजीवादी शोषणको बास्तबिकताको अत्यन्तै मिहीन तरीकाले उजाग(एमआरआई) गरे र त्यस आधारमा समाजबादी तथा साम्यबादी क्रान्तिको बस्तुनिष्ठ औचित्य र आधार प्रष्ट पारे । यस सन्दर्भमा उनले अर्थनीति, राजनीति, दर्शन, इतिहास, सँस्कृति, समाजशास्त्र, बिज्ञान र अन्य अनेक बिषयमा बिस्तारपूर्बक लेख्ने काम गरे । सर्बप्रथम उनले यसरी बिश्वमा बैज्ञानिक समाजबादको जग बसाल्ने काम गरे । सर्बहारा महिला आन्दोलन तथा पर्याबरण आन्दोलनका लागि बैज्ञानिक आधार प्रदान गरे । उनले नश्लबाद र जातिबाद बिरोधी जस्ता आन्दोलनहरु पनि देखे र त्यसका कारण र कारकहरु पनि खेजे ।
यद्यपि उनको सबल किल्ला केवल उनको बिचार मात्र थिएन । उनी भिन्न भिन्न देशरुका बिभिन्न ट्रेड यूनियन संगठनहरुद्वारा गठित प्रथम ‘वर्किङ्गम्यान एशोसिएशन(कामदार संघ), जसलाई प्रथम कम्युनिष्ट लीग पनि भनिएको थियो)मा सहभागी र सक्रिय थिए । उनले जर्मन वर्कर एशोसिएशनको गठन पनि गरे । यद्यपि उनी उतिबेला बेल्जियममा बस्ने गर्दथे । कम्युनिष्ट लीगको तर्फबाटै मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखेका थिए ।यसरी क्रान्तिकारी दार्शनिकहरुले सर्बहारा अन्तर्राष्ट्रबादलाई ब्यवहारमा लागु गरेका थिए । जसलाई उनीहरुले पूँजीवादी अन्ध राष्ट्रबादको बिरोधमा प्रतिपादन गरेका थिए ।
यी सबै गतिबिधिहरुका लागि मार्क्सलाई ब्यक्तिगतरुपले ठूलो त्याग र बलिदान दिनु परेको थियो । उनी र उनको परिबारलाई प्रायः सधैं नै गरीबी र निरन्तर प्रतिकृयाबादी सत्ताको प्रहरी दमनको सामना गरिरहनु परेको थियो ।उनले पटक पटक देश निकालाको सामना समेत गर्नु परेको थियो । खासगरी दुइ पटक फ्रान्सबाट र एक पटक बेल्जियमबाट । अन्ततः उनले राज्यबिहीन ब्यक्तिकोरुपमा इङ्गल्याण्डमा रहनु परेको थियो ।किनकि इङ्गल्याण्डले उनलाई नागरिकता दिन अस्वीकार गरेको थियो । अनि उता प्रशियाले पनि उनको नागरिकता पुनर्बहाली गर्न मानेको थिएन । यसरी उनले अत्यन्तै कठिन परिस्थितिमा पनि आफ्नो काम जारी राख्नु परेको थियो । यस्तो अत्यन्तै कठिनाईपूर्ण जीवनका कारण उनकी पत्नी जेनी तथा परिबारले अत्यन्तै कष्टकर जीवन धान्नु परेको थियो । जसका कारणले उनीहरुका सात छोराछोरीहरु मध्ये ४ जनाले धेरै सानो उमेरमा नै ज्यान गुमाउनु परेको थियो ।
यस्तो अत्यन्तै कठीन घडीमा पनि कार्ल मार्क्सले अर्थशास्त्र, इतिहास, समाजशास्त्र जस्ता बिभिन्न क्षेत्रहरुका बिषयहरुमा महत्वपूर्ण बिचारहरु प्रतिपादन गरेका थिए । त्यसैले धेरै मानिसहरु उनको यो सच्चाईलाई स्वीकार गर्ने गर्दछन् ।तर पनि उनीहरु के भन्दछन् भने क्रान्तिको उनको बिचार सही छैन । तिनको यो कुरा बिल्कुलै सही होइन र यो उनको अन्य बिचारमा समाहित छैन । यसो भन्नु एकदमै गलत हो । कार्ल मार्क्सका बिचारहरुको सारततव क्रान्तिका बारेमा उनको अबधारण हो । यो उनका कामहरुको अबिछिन्न जीवन रेखा हो । क्रान्तिको बिचार बिना मार्क्सको बिचार केही पनि होइन र हुँदै होइन र हुन पनि सक्तैन ।
यस सन्दर्भमा कार्ल मार्क्सलाई सही अर्थमा स्मरण गर्ने प्रयत्न गरौं । यस परिप्रेक्षमा सर्बहारा अन्तर्राष्ट्रबादको भावनलाई दृढतापूर्बक कायम राख्ने,जनतन्त्र र नागरिक स्वतन्त्रताका लागि अनि समाजबाद तथा साम्यबादका लागि निरन्तर लड्ने कार्ल मार्क्सले बिश्वलई जस्तो सारभूत दृष्टि प्रदान गरेका छन् त्यस्तो बिश्वका लागि संघर्ष गर्ने आफ्नो प्रण र उत्साह नयाँ किसिमले दोहोर्याएका छन् । त्यसैले बिश्वका धेरै क्रान्तिकारीहरुले कार्ल मार्क्स जन्मको द्वि–शतबार्षिकी मनाउने क्रममा पाँच बर्ष पहिला २०१८ मा उनले देखाएको क्रान्तिारी मूलबाटोमा हिड्नका लागि नब यूवाहरुलाई प्रेरित गर्न र बिश्वलाई समाजबाद र साम्यबादको दिशामा बदल्ने नाराको आत्मा(मूख्य अन्तरबस्तु)लाई उच्च उठाउनका लागि माक्र्सका बिचारहरु प्रचारित गरेका थिए ।
हुन पनि आज नब उदारबाद अन्तरगत पूँजीवादी–साम्राज्यबादी ब्यवस्था आफ्नो लामो इतिहासमा सबैभन्दा नराम्रोसँग अझ दीर्घकालीन संकटका बीचबाट गुज्रिरहेको छ । सामाजिक जीवनका सबै परिक्षेत्रहरु जसमा बिज्ञान र प्रबिधिको अत्याधुनिक ताजा प्रगति पनि शामेल छ, मुठ्ठीभर कर्पोरेट खर्ब पतिहरुको कब्जामा छ । आज गरीबी, भोक, बेरोजागारी, बिस्थापन, पलायन, सम्पत्तिहरण, असमानता, असुरक्षायुक्त खतरा, पर्याबरण बिनाश, साँस्कृतिक अधपत्तन आदि इत्यादि जस्ता गम्भीर बिषय बस्तुहरु अत्यन्तै नराम्रो स्थितिमा पुगिसकेका या पुगिरहेका छन् । एउटा सामाजिक ब्यवस्थाको रुपमा पूँजीवादी–साम्राज्यबाद आज काल–दोषको नराम्ररी शिकार भएको छ । यस प्रकारको अनुकूल बस्तुनिष्ठ परिस्थिति उपस्थिति हुँदाहुदै पनि बामपन्थी तथा कम्युनिष्ट आन्दोलन आज निकै नै कमजोर अबस्थामा छ । त्यो यस स्थितिमा छैन कि त्यसले मजदुर बर्ग तथा उत्पीडित जन समुदायका बीचमा उत्पन्न र ब्याप्त यो असन्तोषलाई क्रान्तिकारी बाटो प्रदान गर्न सकोस् । आज बामपन्थी र प्रगतिशील शक्तिहरुको एउटा मूख्य कमजोरी के देखापरेको छ भने त्यसले जनबादी, समाजबादी आन्दोलनका बिगतका सकारात्मक र नकारात्मक प्रयोगहरुबाट उचित र आवश्यक शिक्षा लिन र त्यस अनुरुप राजनीतिको बिकास गर्न असक्षम रहेको देखिएको छ । त्यसले गर्दा नै बिखण्डित र बिचलित बिगतका समाजवादी देशहरुको नोकरशाही र केन्द्रिकृत राज्यतन्त्रको नाममा स्वतन्त्र बजारका प्रबक्ता र नबउदारबादी बिचारको वकालतकर्ता उत्तर आधुनिकबादीहरुले मार्क्सबादमाथी जोडदार हमला गरिरहेका छन् । माक्र्सबादी शिक्षासँग यान्त्रिक र जडसुत्रबादी किसिमले टाँस्सिरहनुकासाथ साथै ऐतिहासिक तथा सामाजिक बिशेषता तथा परिस्थिति अनुरुप मार्क्सबादलाई अझ बिकास गर्नमा असक्षम रहनाले पनि यसरी बर्ग शत्रुलाई ‘मार्क्सबादको मृत्यु’को घोषणा गर्न बल प्रदान गरेको हो । यसका अतिरिक्त ‘बिचारधारको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘उत्तर–बैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भबिष्यबाणी गर्नका लागि अनुकूल माहोल बनेको हो । अनि यस्तै प्रतिकूल समय हुँदा हुँदै पनि प्रायः बिश्वका सबैजसो ठाउँहरुमा मजदुर बर्ग तथा उत्पीडित जन समुदाय आज पनि संघर्षरत छन् । आज बिश्वमा अनौपचारिक तथा असंगठित तप्का निकै ठूलो स्तरमा संगठित हुँदै गएको पनि देखिदै आएको छ । यसमा उत्पीडित बर्ग, किसान,महिला, प्रबासी शरणार्थीहरु र उत्पीडित जन समुदायहरुले आफ्नो हक हितको माग पनि गरिरहेका छन् । यसले गर्दा के दिन प्रतिदिन अझ स्पष्ट हुँदै आएको छ भने बिद्यमान नब–उदारबादी ब्यस्बथा अन्तरगत चौतर्फी संकट खडा भएको र त्यसको समाधन यस ब्यवस्थामा हुन सक्तैन भन्ने यथार्थ पुनः प्रष्ट भएको छ । यस अत्यन्तै संकटपूर्ण स्थितिमा मार्क्सका बिशिष्ठ र अतुलनीय योगदाहरुलाई पुनः गम्भीर अध्ययन, चिन्तन र मनन गर्नु अत्यन्तै महत्वपूर्ण र आवशयक छ । केही मानिसहरुले बुझ्ने र भन्ने गरेजस्तो मार्क्सबाद बिचारहरुको अमूर्त संकलन होइन, यो बैज्ञानिक र ब्यवहारिक दुबै बिचार हो । यसले कसैमाथि केही थोपर्दैन, बरु बस्तुनिष्ठरुपमा बिद्यमान समाजिका सम्वन्धहरुबाट शुरु गर्दछ र त्यसबाट पार पाउने प्रकृयामा मार्क्सबादले आफुलाई बिकसित तुल्याउँदछ । यसले कसैलाई समस्या समाधान गर्ने मसिहा बनाउदैन बरु जनताले स्वयं राजनीतिक सचेतनाबाट सुसज्जित बनेर आफ्नो अस्तित्व स्वयं बदल्दछन् भन्ने कुरामा एकदमै प्रष्ट छ । मार्क्सलाई उनको जन्म द्वै– शतबार्षिकीका बेला या जन्म जयन्तिका बेला सम्झने गर्दा यस कुरामा ध्यान केन्द्रित गर्नै पर्दछ कि जनता मौजुदा शोषणकारी ब्यबस्थालाई बदल्न सचेत, संगठित र संघर्षशील भएर स्वयं अघि बढछन् । बिश्व समाजको परिवर्तनको इतिहास यस्तै रहेको छ । त्यसै संघर्षको क्रममा नै नेतृत्वको जन्म र बिकास पनि हुने गर्दछ । वास्तवमा मार्क्सबादले यही बैज्ञानिक सामाजिक परिबर्तन दर्शाएको छ । योभन्दा अरु केही होइन ।