बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गृहमन्त्री लामिछानेले हटाए आफ्नो सुरक्षामा खटिने अगुवा पछुवा गाडी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
गृहमन्त्री लामिछानेले हटाए आफ्नो सुरक्षामा खटिने अगुवा पछुवा गाडी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौती गरेका छन्। आफू मात्रै उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने भन्दै गृहमन्त्री लामिछानेले आफ्नो सुरक्षामा खटिने प्रहरीको संख्या घटाएको बताएका छन्।

शुक्रबार बेलुकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षामा रहने सुरक्षाकर्मीसहितको अगुवा पछुवा गाडी हटाएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘नागरिकलाई सुरक्षित महशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।’

साथै उनले आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा सुरक्षाकर्मी राखेको पनि बताएका छन्।

‘उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्तिलगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु। उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु। भइपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला।’

गृहमन्त्री लामिछानेले आफूले सधैँ ट्राफिक बत्तीमा लाइन बसेर यात्रा गर्ने र लेन अनुशासन पनि पूर्णरुपमा पालना गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

१५ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

वाम एकता ! समाजवाद कि दलालवाद ?

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रवि र  छविलालको मुद्दामा बहस सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक