बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको सुनुवाइ गरिरहेको इजलासमा ‘खाजा ब्रेक’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा ‘खाजा ब्रेक’ भएको छ। खाजा ब्रेकअघि रिट निवेदकको तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् भने अब रविका कानुन व्यवसायी बहस गर्नेछन्। रविका पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्तसहित चार कानुन व्यवासायीले बहस गर्नेछन्। रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता डा  सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अमृत खरेल र सरकारी वकिल सञ्जीव रेग्मीले बहस गरिसकेका छन्।  रविले अमेरिकी नागरिकता नत्यागी नेपालमा राजनीतिक दल खोलेको, निर्वाचनमा भाग लिएको तथा विजयी भएकाले उनको सांसद पद खारेजीको माग गर्दै दायर भएको रिटमा शुक्रबार संवैधानिक इजलासमा बहस भइरहेको छ। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई,  अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत छन्।  रिट निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता रमण कर्णले भिसा लगाएर नेपाल आउने व्यक्ति कसरी नेपाली हुन्छ? भन्दै प्रश्न गरेका छन्।

‘उहाँ (रवि लामिछाने) नेपाल आउँदा भिसा लिएर आउनुभएको छ। अनि कसरी नेपाली हुनुभयो?’ अधिवक्ता कर्णले प्रश्न गरे, ‘अध्यागमन नियमावलीले भिषा लिने कुरा उल्लेख गरेको छ। त्यही प्रक्रिया पूरा गरेर उहाँले भिसा लिनुभएको छ। भिसा लिँदा राष्ट्रियता खुलाउनु पर्छ। उहाँले कुन खुलाउनु भएको छ?’

देशको माया लागेको भए रविले ३–३ वर्षसम्म किन अमेरिकी राहदानी बोकेर नेपालमा बसेको भन्दै कर्णले प्रश्न गरे। ‘देशको यत्रो माया लागेको व्यक्तिले ३–३ वर्ष किन अमेरिकी पासपोर्ट वोकेर बस्नुभयो? नेपाली हुने चाहाना हो भने आउनेवित्तिकै निवेदन दिनु पर्ने वा त्याग्नु पर्ने हो।’ लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले मुद्दा दायर गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै रिट दायर भएको थियो।

उक्त रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाइ भएको थियो। इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि मात्रै आदेश दिने निर्णय गरेको थियो। शुक्रबारको सुनुवाइमा रिटमा मागबादी गरिएअनुसार रविविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा केन्द्रित रहेर बहस हुनेछ। सर्वोच्च अदालतले रिटमा मागदाबी गरिएअनुसार अन्तरिम आदेश जारी गरेमा लामिछाने सांसद र मन्त्री हुन पाउने छैनन्। अन्तरिम आदेश जारी नभएको अवस्थामा भने उनको पद यथावत् रहने छ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२६ मिनेट अगाडि
घरमै पुुगेर राहदानी वितरण

घरमै पुुगेर राहदानी वितरण

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक