बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

भ्रष्टाचार नियन्त्रण गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्छ : वामदेव गौतम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचार नियन्त्रण गर्न  प्रत्यक्ष निर्वाचित कार्यकारी  शासन प्रणालीमा जानुपर्छ :  वामदेव गौतम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एबम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसद्‍बाट मन्त्री हुने व्यवस्था हुनुपर्नेमा जोड दिनु भएको छ । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको मुख्य स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने सुझाव राख्नु भएको छ ।

‘हाम्रो शासन प्रणाली गलत छ । संसद्‍बाट मन्त्री छान्ने व्यवस्था रहुन्जेल भ्रष्टाचार नियन्त्रण हुन्न झन ध्वस्त हुन्छ,’ गौतमले भने ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था होस् र संसद्‍बाट मन्त्री हुने व्यवस्थाको अन्त्य होस् ।’

गौतमले अहिलेको शासन प्रणालीले सांसद निर्वाचित गर्नका लागि धेरै पैसा खर्च गराउँछ । जसले जानेको छ र सुधार गर्न चाहन्छ त्यसलाई अनेकथरी जालझेल गरेर हराइन्छ । कार्यक्रममा उनले बाउबाजेको पुरानो प्रणाली भनेर अहिलेको पक्षमा नलाग्न सुझाव दिनु भएको छ ।

गौतमले भ्रष्टाचारको नियन्त्रणका लागि भूमिमाथि व्यक्तिको स्वामित्व पनि समाप्त गर्नुपर्नेमा जोड दिनु भएको छ ।

‘हाम्रो प्रमुख स्रोत भूमि हो त्यसैलै भूमिमाथि व्यक्तिको स्वामित्व रहने व्यवस्था अन्त्य गरिनुपर्छ । व्यक्ति, समूह र कम्पनीले कुनै उत्पादनको काम गर्नुपर्‍यो भने लीजमा जग्गा लिनुपर्छ,’ गौतमले भन्नु भयो ।

यस क्रममा उहाँले भ्रष्टाचारले देशलाई बर्बाद पारेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । ‘भ्रष्टाचार गर्नेले देशलाई बर्बाद गर्छन्, समाजलाई बर्बाद गर्छन् र परिवारलाई बर्बाद गर्छन् । भ्रष्टाचारको जड शासन प्रणालीमै छ,’ उहाँले भन्नु भयो ।

निरंकुश शासन हुँदैमा भ्रष्टाचार नियन्त्रण नहुने पनि उहाँको भनाइ थियो । उहाँले भन्नु भयो- ‘चीनले भ्रष्टाचार हुनै नदिने नीति अख्तियार गरेको छ, तर प्रत्येक वर्ष १० देखि १५ हजार व्यक्तिलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड दिइरहेको छ,निरंकुश शासन ल्याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा गलत हो । एकै व्यक्तिले नियन्त्रण गर्न सक्दैन । जनतामा भ्रष्टाचार विरोधी भावना र संस्कृतिको विकास गरिनु पर्छ । त्यसैअनुसारको प्रणाली र विधिसम्मत रुपमा तत्कालै कारबाही गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२४ मिनेट अगाडि
घरमै पुुगेर राहदानी वितरण

घरमै पुुगेर राहदानी वितरण

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक