फ्रान्सेली पत्रिका चार्ली हेब्दोमा इरानी नेता आयातोल्लाह अली खामेनीलाई लिएर प्रकाशित भएकाे कार्टुनप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ ।
कार्टुनलाई अपमानजनक भन्दै इरानले फ्रान्सेली राजदूत निकोलस रोचेलाई बोलाएर फ्रान्सलाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
इरानका विदेशमन्त्री हुसैन आमिर अब्दुलाहयनले ट्वीट गर्दै इरानको धार्मिक र प्रशासनविरुद्धमा कार्टुन प्रकाशन गर्ने फ्रान्सको प्रकाशनको यो अपमानजक काम भएको उल्लेख गरेका छन्।
उनले फ्रान्स सरकारलाई उसकाे सीमाभन्दा बाहिर नजान पनि चेतावनी दिएका छन्।
यसै क्रममा इरानको विदेश मन्त्रालयका प्रवक्ताले फ्रान्सलाई अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत अन्य मुस्लिम देशको आस्थामा चोट पुर्याउने अधिकार नभएको बताए।
इरानले फ्रान्सेली सरकारको प्रतिक्रिया प्रतीक्षा गरिरहेको छ।