पर्सा । प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेस प्रदेश समितिको विस्तारित बैठक बोलाएको छ । पर्साको वीरगन्जमा सुरु भएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
विस्तारित बैठकको उद्घाटन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरेका छन् । प्रभु साह रौतहटबाट स्वतन्त्रतर्फ चुनाव जितेका छन् । अध्यक्ष साहले कुनै पनि नेता आफैमा ठुलो सानो नहुने भन्दै जनताले ठुलो, सानो बनाउने भएकाले जनताको काममा ध्यान दिन आग्रह गरे । आम जनता पार्टी अहिले हेर्दा सानै पार्टी देखिए पनि जनताको हितमा काम गर्दै गएपछि देशकै ठुलो दल बन्न सक्ने भएकाले जनहितको काममा पार्टीलाई लाग्न उनले आग्रह गरे । जसपासँग चुनावी तालमेल गर्दा आफूले एमालेमा फरक मत राख्दै आएका थिए । तर त्यसमा सुधार नगरेपछि आफूले सो पार्टी छाडेर स्वतन्त्रमा चुनाव लड्न बाध्य भएको उनले धारणा राखेका थिए ।