इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै धम्की आएको छ।
समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएकाे थियाे। फाेनमा उनलाई स्वदेश फर्किन चेतावनी दिइएको थियो।
इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको छ।
इरानको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
यद्यपि सारा मंगलबार स्पेन पुगेकी छिन्। उनले यस विषयमा केही भन्न अस्वीकार गरेकी छन्।