काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया गएका छन् । उनी निजी भ्रमणको लागि इन्डोनेसिया गएको उनको सचिवालयले जानकारी दिएको छ।
उनी मंगलबार बेलुकी परिवारका सदस्य र केही साथीहरुसहित इन्डोनेसिया भ्रमणमा निस्किएका हुन्।
मेयर भएपछि बालेनको यो पहिलो विदेश भ्रमण हो।