काठमाडाैं । ‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो ।
यस वर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोवल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जनाए ।
अगामी फेब्रुअरी २ देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मान्निछ ।
श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाईपछि पार्दै उपाधि चुमेका थिए । ‘मिष्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफु सहभागी हुन लागेको श्रेष्ठले जनाए । ‘उपाधिको अलवा नेपाली कला संस्कृति, पर्यटन प्रवर्धन समेत प्रतियोगितामा गर्नेछु’ उनले थपे ।


