शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोटरभन्दा पहिले जहाज ओर्लिएको पोखरा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा आइतबार पोखरेली मानवसागर उर्लियो। पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा सम्भवतः अहिलेसम्मकै धेरै पोखरेली एउटै थलोमा भेला भए। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुँदै सञ्चालनमा आएको दिनलाई पोखरेलीले उत्सवको रुपमा मनाए।

पोखरा महानगरपालिकाले त उत्सव मनाउनलाई सार्वजनिक बिदा नै दिएको थियो। पोखराको कला संस्कृति झल्काउने झाँकीसहित हर्षबढाइँ गर्दै उर्लिएको मानवसागरले अन्तर्राष्ट्रिय विमानस्थल भरिभराउ भएको थियो। दिनभर पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो।

गत चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो बुझाएका थिए। चीनले साँचो बुझाएको ९ महिनापछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इञ्जिनियर प्रदिप अधिकारीका अनुसार विमानस्थलबाट बोइङ ७२७, एयरबस ३२० वा सो सरहको विमान उडान र अवतरण गर्न सक्नेछन्। विमानस्थलमा नविनतम् प्रविधि प्रयोग गरिएको उनले बताए। ‘अन्तर्राष्ट्रियतर्फ ३ वटामध्ये २ एरोब्रिज प्यासेन्जर बोर्डिङब्रिज नेपालमा पहिलो पटक जडान भएका सुविधा हुन्’, अधिकारीले दाबी गरे।

विमानस्थलको क्षमता वार्षिक १० लाख यात्रु रहेको उनले जानकारी दिए। विमानस्थलबाट चौविसै घण्टा उडान अवतरण भर्न सकिने महानिर्देशक अधिकारी बताउँछन्। ‘यो विमानस्थलबाट पोखरामा बढ्दो हवाई यात्रुको चाप सम्बोधन हुनेछ। पोखराबाट अन्तर्राष्ट्रिय हवाई यात्राका लागि काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ’, उनले भने।

तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्रै सुरु गरिएको छ। अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सको एयरबस ३२० को डेमो उडान भने भयो। बुद्ध एयरले पोखरादेखि भारतको बनारससम्म अन्तर्राष्ट्रिय उडान भर्ने प्रयास गरे पनि भारतले रुट नदिँदा सफल भएन ।

उद्घाटनकै दिनमा अन्तर्राष्ट्रिय उडान होस् भन्ने पोखरेली चाहन्थे। ‘उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान भएको भए सुनमा सुगन्ध हुने थियो’, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने।

पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न सरकारले गम्भीरतापूर्वक पहलकदमी थाल्नुपर्ने उनी बताउँछन्। ‘बढीभन्दा बढी अन्तर्राष्ट्रिय फ्लाइटका लागि राज्यको भूमिका अह्म रहन्छ। फ्लाइट सुरु भएपछि नरोकिने तरिकाले सुरु गर्दा राम्रो हुन्छ’, उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अभियन्ता विश्वशंकर पालिखेले विमानस्थल बन्नसाथ तुरुन्त अन्तर्राष्ट्रिय उडानको अपेक्षा गर्नु मुर्ख्याँइ भएको बताए। ‘चाहना राख्नु आफ्नो ठाउँमा छ। अब क्रमिक रुपमा जुन उद्देश्यका साथ बनाइएको हो, त्यो लक्ष्य प्राप्ति हुन्छ’, आशावादी हुँदै उनले भने। उनले भारतको लखनउ र चीनका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान गर्दा यात्रुको समस्या नहुने बताए।

आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पोखरा सहरमा मोटरगाडीभन्दा पहिले विमान आएको इतिहास छ।

पोखरा विकासका अभियन्ता आनन्दराज मुल्मीका अनुसार पोखराको इतिहास २७० वर्ष लामो छ। कास्कीका राजाले ललितपुर र भक्तपुरबाट केही व्यापारी, शिल्पकार ल्याएर बस्ती बसाले। त्यसपछि क्रमशः पोखराको विकास भइरहेको छ।

२००२ साल अगाडि नै पोखरा महत्वपूर्ण व्यापारिक केन्द्रका रुपमा स्थापति हुँदै थियो। तत्कालीन पश्चिम क्षेत्रका बासिन्दाले मालसामान खरिद गर्ने व्यापारिक केन्द्र पोखरा थियो।

भारतको स्वतन्त्रतापछि काठमाडौँको घाँसे मैदानमा जहाज उडान अवतरण हुन थाल्यो। २००८ सालमा पोखरा व्यापार संघ स्थापना गरेका यहाँका व्यावसायीले पोखरामा जहाज ल्याउने पहल थाले। उनीहरुले पोखरामा जहाज ल्याउन पहल थाल्नुको उद्देश्य थियो व्यापार अझै बढाउनु। यहाँ किनबेच हुने मालसामान घोडा खच्चड र भरियामार्फत बोकाएर ल्याइन्थ्यो। त्यतिबेलासम्म पोखरा–काठमाडौँ ओहोरदोहोर गर्नलाई पैदलबाहेक विकल्प थिएन।

‘काठमाडौँमा जहाज आइसकेपछि यहाँका व्यापारीहरुमा पनि जागरुकता पैदा भएर पोखरामा जहाज किन नल्याउने भन्ने तरंग पैदा भयो’, मुल्मी इतिहास बताउँछन्। जहाज उडाउनलाई खेती नहुने जग्गा खोज्दा घारीपाटनको जग्गा फेला पर्‍यो, जहाँ खरबारी काँडाले घेरिएको झाडी थियो। त्यही खरबारीलाई कुटो कोदालेले खनेर सम्याइयो।

२००८ सालको अन्त्यतिर पोखरामा हवाइजहाज अवतरण भएको पोखरेली इतिहासबारे जानकारहरुको एकमत छ । कांग्रेस नेता बीपी कोइराला गृहमन्त्री र गणेशमान सिंह यातायातमन्त्री भएका बेला पोखरामा पहिलो पटक विमान अवतरण भएको मुल्मी बताउँछन्। कोइराला र सिंह पोखरामा जहाज उडाउन सम्भव भए नभएको बुझ्न हिमालयन एभियसनको डकोटा जहाजबाट पोखरा ओर्लिएको मुल्मीले बताए। ‘स्वयं त्यसबेलाका मन्त्री डकोटा जहाज चढेर पोखरामा ल्यान्ड गरेको अवस्था थियो। ल्यान्ड गर्दा सम्भव भयो भनेर हर्षको सीमा नै थिएन। ल्यान्ड गर्नु नै सबभन्दा ठूलो उपलब्धि थियो’, उनले भने।

२०१२ सालको अन्तिमबाट काठमाडौँ–पोखरा नियमित उडान सुरु भएको हो। हप्तामा दुई पटक जहाजले पोखरा उडान भर्न थाल्यो। पोखरामा विमान अवतरण हुँदासम्म मोटरगाडी आइसकेको थिएन। पोखरामा नियमित आइरहनुपर्ने भएपछि राजा महेन्द्रले २०१५ सालमा जहाजमा राखेर जिप पठाएको मुल्मी बताउँछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०१५ साल २० असार (सन् १९५८ जुलाई ४) मा पोखरा विमानस्थल सञ्चालनमा आएको थियो। त्यतिबेलासम्म पोखरा जोड्ने मोटरबाटो थिएन। डकोटा जहाज पहिलो पटक अवतरण गरेर पोखरामा सुरु भएको हवाई यातायातको विकास ७१ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेको छ।

पोखरा आएको बेला राजा वीरेन्द्र शाहले तत्कालीन अञ्चलाधीश शंकरराज पाठकसँग पोखरामा कसरी पर्यटक बढाउन सकिन्छ भनेर सल्लाह गरे। ‘अन्तर्राष्ट्रिय विमानस्थल बनाऔँ’, शंकरराजले प्रस्ताव राखे।

राजा वीरेन्द्रको सहमतिपछि पोखरा महानगरपालिका–१४ छिनेडाडाँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पाठकले २०३२ सालमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरे। पाठकले अधिग्रहण गरेकोसहित ३ हजार ८९९ रोपनीमा क्षेत्रफलमा विमानस्थल निर्माण भएको छ।

चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण भएको हो। दुई प्रतिशत ब्याज तिर्नेगरी विमानस्थल बनाउनलाई ऋण लिइएको छ। नेपालले एक्जिम बैंकलाई यो वर्षको अन्तिमदेखि ब्याजबापत वार्षिक ३८ करोड रूपैयाँ तिर्नुपर्ने छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ

५ घण्टा अगाडि
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध रिट निवेदन दर्ता

५ घण्टा अगाडि

सन् २०१२ मा नेपाल उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै कार्यन्वयनको चरण सुरु भएको थियो। २०१४ मा विमानस्थलको खरिद सम्झौता भएको दुई वर्षपछि नेपाल सरकार र चीन सरकारले ऋण सम्झौतामा हस्ताक्षर गरे। २०१७ को जुलाई ११ देखि निर्माण प्रारम्भ भएको विमानस्थलको काम २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। कोभिडले प्रभावित भएपछि थप एक वर्षको म्याद थप गरिएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक