बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

नबिल एसएसई कोर्समा युवाहरूलाई उद्यमलाई जोड्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नबिल एसएसई कोर्समा युवाहरूलाई उद्यमलाई  जोड्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  पूर्व विराटनगरका लेसान्त सापकोट बीएमआई सातौ सेमेस्टरमा अध्ययनरत छन् । स्थानीय कलेजमा नै बिजनेश अफ इन्फर्मेशन म्यानेजमेन्टमा डिग्री हासिल गर्दैगरेका सापकोटालाई आफ्नै बिजनेस गर्ने रहर छ । तर, उनीसँग उद्यमशीलताको सामान्य ज्ञान बाहेक कुनै कार्यानुभव छैन ।

‘आईटीको विद्यार्थी हुँ । म्यानेजमेन्टका केही ज्ञान भए पनि सामाजिक कार्य बाहेक हालसम्म उद्यमशीलताको केही काम गर्न सकेको छैन । अब भने केही गर्ने आट बढेको छ’ रातोपाटीसँग कुरा गर्दै सापकोटाले भने, ‘एउटा छुट्टै खालको काइजिन सर्भिस प्रोभाइडिङ व्यवसायको योजना बनाउँदै छु । व्यवसायमा सफल हुनेमा शतप्रतिशत विश्वस्त छु’ उनले भने ।

उसो त सापकोटामा यस्तो आत्मविश्वास बढाइदिने काम भने नबिल बैंकले गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ९एसएसई० कार्यक्रम चलाइरहेको छ । जुन कार्यक्रम पूर्वको विराटनगरमा पनि सञ्चालनमा रहेको छ । सोही कार्यक्रममार्फत सापकोटाले उद्यमशीलता सम्बन्धी ज्ञान पाएका हुन् । त्यति मात्र होइन उक्त कार्यक्रमबाटै उनले व्यवसायको आइडिया, व्यवसायको सम्पूर्ण व्यवस्थापकीय ज्ञान र हौसला पाएका हुन् ।

‘आफूमा कन्फिडेन्स बढेको महसुस भएको छ । अब बिजनेस गर्ने नै हो’ सापकोटाले भने, ‘घरायसीसँगै अफिसियल्ली वर्कहरुको सप्लाईको बिजनेस गर्ने हो । कन्सेप्ट अनुसार सेवाग्राहीहरु अल्पकालिन वा दीर्घकालीन रूपमा कम्पनीको सदस्य बन्न सक्छन् । जसले न्यूनतम मासिक शुल्कमा घरायसी सर्भिसिङ सेवाहरू पाउनेछन् ।’ उनले थपे, ‘यसमा बेरोजगार दक्ष कामदारहरू छन् भने त्यस्तो जनशक्तिलाई समेत कम्पनीले लिन्छ ।’

यस्तै, आफ्नै बलबुतामा केही उद्यमशीलता गर्ने हुटहुटी जगाएकी एक युवा प्रशिक्षार्थी हुन् पूर्वकै प्रशन्सा लुइँटेल । नबिल बैंकको इन्टरप्रेनरसिप ९एसएसई० कार्यक्रमबाटै प्रशिक्षित लुइटेलले स्टडी क्याफे चलाउने योजना बनेकी छिन् ।

‘क्याफेसहितको लाइब्रेरीमा खाने, बस्ने, पढ्ने लेख्ने सबै सुविधाहरू उपलब्ध हुन्छन् । जुन क्याफेमा व्यक्ति एक्लै वा समूहमा बसेर पनि पढ्न लेख्न वा बैठक बस्न सक्छन्’ लुइँटेल बत्ताउँछिन् । बिआईएम अर्थात् ब्याच्लर्स अफ ईनफर्मेशन म्यानेजमेन्टमा पढ्दै गरेकी लुइँटेले यस्तो व्यवसायका लागि नबिल बैंकमार्फत सर्पोटको अपेक्षा रहेको बत्ताउँछिन् ।

यस्तै अर्का युवा गीता कुइँकेल, न्यौपानेले समेत आफूले फेसन वेयर रेन्ट बिजनेस गर्न चाहेको बत्ताउँछिन् । उसो त पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नै सात वटै प्रदेशमा यस्तै इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गरिरहेको नबिल बैंकले युवाहरूलाई तालिम, सिप तथा ज्ञानको माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा जोड्ने प्रयास गरिरहेको छ । यस्ता युवाहरूलाई आवश्यकता हेरी सरल र सहुलियतपूर्ण कर्जा समेत बैंकले उपलब्ध गराइरहेको बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए ।

सुदूरपश्चिमको धनगढी, कर्णाली, गण्डकी, लुम्बिनी, मधेस प्रदेशसँगै बागमती प्रदेशमा समेत हालै सम्पन्न एसएसई प्रोग्रामले धेरै युवाहरूलाई उद्यमशीलताको बाटोमा जोडेको ज्ञवालीको भनाइ छ । सँगै बैंकले विगत ९७ दिनदेखि पूर्वको विराटनगरमा सञ्चालन गरिएको एसएसई कार्यक्रम समेत समापन हुँदै छ । २५ जनाभन्दा बढीलाई इन्टरप्रेनरसिप तालिम प्रदान गरेको बैंकले सोबाट उत्कृष्ट तीन वटा कन्सेप्टलाई छनोट गरी तीन युवालाई व्यावसायिक सहजीकरण गर्ने समेत जनाएको छ ।

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

८ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक